पाटन सांस्कृतिक महोत्सवको तयारी तीव्र


मंसिर २३, २०७८, बिहीबार | विहान ०२:३० बजे | 30


पाटन सांस्कृतिक महोत्सवको तयारी तीव्र

बिराज अधिकारी
तनहु । व्यास ५ पाटनमा पहिलो पटक हुन लागेको प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटकीय महोत्सवको तयारी तीव्र गतिमा अघि बढिरहेको आयोजकले जनाएको छ । महोत्सवका मुल संयोजक एवं पाटन युवा क्लबका सल्लाहकार पवन चुमीमगरले महोत्सवको तयारी करिब सकिन लागेको बताए ।

यस अघि दमौलीमा मात्र हुने परम्परा तोड्दै युवाहरुको सहभागीतामा पाटनमा महोत्सव हुन लागेको भन्दै चुमीले उत्साहपूर्वक तयारीको काम भैरहेको जानकारी दिए । पाटन युवा क्लबका अध्यक्ष अमर थापाले चर्चित कलाकारहरु आउने विषय पनि टुंगिएको भन्दै तयारी गर्न बाँकी काम पनि महोत्सवपूर्व सकिने जानकारी दिए ।


महोत्सवको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले शुक्रबार उद्घाटन गर्ने उनको सचिवालयले जनाएको छ ।

Comments