क–कस्ले जित हासिल गरे टेबल टेनिस प्रतियोगिता (नामसहित हेर्नुहोस्)


मंसिर २२, २०७८, बुधबार | विहान १०:३६ बजे | 10


क–कस्ले जित हासिल गरे टेबल टेनिस प्रतियोगिता (नामसहित हेर्नुहोस्)

भक्तपुर । भक्तपुर नगरपालिकाद्धारा आयोजित भक्तपुर नगरब्यापी विद्यालयस्तरीय टेवल टेनिस प्रतियोगिताका सम्पूर्ण खेलहरु २ वडा समिति र २ वडा खेलकुद समितिको समन्वयमा बासु माविको हलमा सम्पन्न भयो । प्राप्त अन्तिम नतिजाअनुसार टेबल टेनिस तर्पm गर्ल्स टीम इभेन्ट्समा प्रभात ई. स्कूल प्रथम, प्रोक्सिमा एकडेमी दोश्रो र माउण्ट भ्याली र जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रोस्थान प्राप्त गर्न सफल भयो । व्वाइज टीम इभेन्ट्समा प्रोक्सिमा एकडेमी प्रथम, द राइजिड्ड इ. स्कूल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूल र गोल्डेन गेट ई.स्कूलले संयुक्त रुपमा तेश्रो स्थान प्राप्त गरेका थिए ।

व्वाइज १६ बर्षमुनी तर्फ करण कपाली विद्या आर्जन प्रथम , न्युनिस सुवाल द राइजिड्ड ई. स्कूल दोश्रो उज्वल न्हुछे प्रोक्सीमा एकडेमी र क्रियशन सुवाल जेन्यूइन सेकेण्डरी स्कूल संयुक्त रुपमा तेश्रो भएका थिए । व्वाइज १२ बर्षमुनि तर्फ बिशाल कवां प्रोक्सिमा एकडेमी प्रथम, रुकेश लवजु माउण्ट भ्याली ई. स्कुल दोश्रो तथा बासु माविका सुयौढ दुवाल र माउण्ट भ्याली ई. स्कुलका शोहन गोर्खाली संयुक्त रुपमा तेश्रो भएका थिए ।

गल्र्स १६ मुनि तर्फ प्रभात ई.स्कुलका क्रमशः प्रदिपा सुवाल प्रथम, क्यारिना सुवाल दोश्रो, जेन्यूइन सेकेण्डरी स्कूलका वेन्डी सुवाल र माउण्ट भ्यालीका आशिका काशिछ्वा संयुक्त रुपमा तेश्रो भएका थिए । गल्र्स १२ बर्षमुनी तर्फ नर्मदा खाइतु प्रोक्सिमा एकडेमी प्रथम, प्रभात ई.स्कुलका शौरभि कोजु दोश्रो, तथा प्रभात ई.स्कूलकै सेफिना कोजु र प्रोक्सिमा एकडेमी प्रज्ञा भेले संयुक्त रुपमा तेश्रो भएका थिए ।

मिक्स डबल तर्फ बिशाल र नर्मदाको जोडी प्रोक्सिमा एकडेमी प्रथम, प्रज्वल र प्रदीपाका जोडी प्रभात ई. स्कूल दोश्रो र संयुक्त रुपमा सिर्जल र क्यारिनाको जोडी प्रभात स्कूल र सफल र सृष्टीकाको जोडी प्रोक्सिमा एकडेमी संयुक्त रुपमा तेश्रो भएका थिए । अन्तिम परिणाम अनुसार प्रोक्सिमा एकडेमीले ४ स्वर्ण ,१ रजत र २ कासय गरी ७ पदकका साथ समूहमा प्रथम भई प्रथम स्थान हासिल गरेको छ । त्यसैगरी प्रभात ई. स्कूलले २ स्वर्ण, ३ रजत र २ कास्य पदक गरी ७ पदक प्राप्त गरी द्वितीय स्थान हासिल गरेको छ भने विद्या आर्जन स्कूलले १ स्वर्ण पदक प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ ।
समुहमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने विद्यालयहरुलाई २०७८ मंसीर २४ गते दिउँसो १ः०० बजे शहिद स्मृति खेल मैदानमा हुने समापन तथा पुरस्कार वितरण कार्यक्रममा पुरस्कृत गर्ने आयोजक समितिले जनाएको छ ।

Comments