कांग्रेस केन्द्रीय सदस्यमा युवा नेता भट्टको उम्मेदवारी
मंसिर २२, २०७८, बुधबार | विहान ०९:५० बजे | 50
नेपाली कांग्रेसका युवा नेता गणेशराज भट्टले आसन्न १४ औं महाधिवशेनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । विद्यार्थी जीवनदेखि नै दार्चुला जिल्लाबाट सक्रिय राजनीति थालेका भट्ट २०५३ मा सानो ठिमी क्याम्पसको नेविसंघ इकाइ अध्यक्ष रहेका थिए । २०५५ सालमा उनी सोही क्याम्पसमा स्ववियु सभापतिका प्रत्यासी रहे । नेविसंघ केन्द्रीय कार्य समितिको दुई पटक सदस्य रही उनले उपाध्यक्ष हुँदै नेविसंघ कार्यवाहक अध्यक्षको जिम्मेवारी पनि निर्वाह गरेका थिए । विद्यार्थी नेताको रुपमा उत्कृष्ट पहिचान बनाएका भट्ट विद्यार्थी आन्दोलनका पर्याय हुन् । प्रतिगमन विरोधी आन्दोलनको क्रममा २०६२—६३ मा उनी पटक पटक पक्राउ परेका थिए । शालीन तथा बौद्धिक व्यक्तित्व दार्चुला जिल्लाबाट यस पटक भट्ट लोकप्रिय मत सहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।