कांग्रेस केन्द्रीय सदस्यमा चर्चित युवा नेता कुन्दनराज काफ्लेको उम्मेदवारी


मंसिर २१, २०७८, मङ्गलबार | विहान ०९:४८ बजे | 60


कांग्रेस केन्द्रीय सदस्यमा चर्चित युवा नेता कुन्दनराज काफ्लेको उम्मेदवारी


नेपाली कांग्रेसका चर्चित युवा नेता  कुन्दनराज काफ्लेले आसन्न १४ औं महाधिवशेनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । पशुपति बहुमुखी क्याम्पसबाट सक्रिय राजनीति थालेका काफ्ले स्ववियु सदस्य, सचिव हुँदै शान्दार मत ल्याएर सभापतिमा विजयी भएका थिए । विद्यार्थी नेताको रुपमा उत्कृष्ट पहिचान बनाएका काफ्ले विद्यार्थी आन्दोलनका पर्याय नै हुन्  ।

नेविसंघ केन्द्रीय समितिमा सदस्य, कोषाध्यक्ष हुँदै लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचत काफ्ले नेपालमा गणतन्त्रको बिजारोपण गर्ने प्रमुख विद्यार्थी नेता हुन् । प्रतिगमन विरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा खेप्दै सबैभन्दा बढी जेलनेल भोग्ने पात्र काफ्ले नै हुन् । नेविसंघमा रहँदा काफ्लेले जनमत सङ्ग्रहदेखि देशव्यापी रुपमा राजतन्त्रको सान्र्दभिकता विषयमा बहस चलाए ।

गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ । १२, १३ औ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि रहिसकेका काफ्ले १३ औं महाधिवेशनमा जिल्ला सभापति दोलखाका प्रत्याशी रहेका थिए । दोलखा जिल्लाबाट यस पटक पनि लोकप्रिय मत सहित उनी महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

Comments