औषधि वितरणमा मनपरी


मंसिर २१, २०७८, मङ्गलबार | विहान ०६:४२ बजे | 60


औषधि वितरणमा मनपरी

कुमार लघु
जनस्वास्थ केन्द्रले जनताको राम्रो सेवा पाईहेको छ । जनस्वास्थको वन्दोवस्त गरेर सेवा दिनेहरूलाई धन्यवाद दिनैपर्छ । भक्तपुरको भक्तपुर नगरपालपिकामा जनआन्दोलन पछि आएको जनप्रतिनिधीहरूले दीर्घकालिन सोच राखेर जनतालाई सेवा गर्ने अवसरको जुन मिल्यो बोल्नु भयो ठिकै लाग्यो । जनताले राहट पाईरहेकाछन् । नगरपालिकाले अझै अगाडि बाड्नुछ ।

 जनताले स्वास्थ सेवामा सुविधा पाएपछि औषधिको कुरा स्वभाविक रूपले आउँछ। भनौ उपचार पाए पछि औषधि लिन जब पालोमा वस्छन्  उभेर घाम पानी भएपनि पालो पर्खिन्छन् ।

लाईन लामो हुन्छ औषधि लिन लाइनमा वस्नैपर्छ । त्यतिवेला अब औषधि आर्को झ्यालवाट भन्छन् । लाइन वसेकाहरू ट्वाल परेको हुन्छ । आर्को पछि अएको अगाडि वस्छन् वसेर औषधि लिई जान्छन् । अगाडि परेकाहरू फेरि पछाडि लाइनमा वस्न बाध्यछन् । यस तर्फ औषधि वितरण गर्नेहरूलाई सचेत गर्नु पर्ने देखिन्छ । आर्को विमा कार्ड प्रयोग गरि औषधि लिनेहरूलाई लेखेको औषधि नदिई कमसल औषधि वितरण गरिरहेको छ । औषधि दिएपछि बिल अनिवार्य दिनु लिनु पर्ने दिएन् र लिने गर्नु पर्ने हो । औषधि वितरण ,दिनेले दिनु पर्ने हो दिएको पाएन । औषधि लिन वृध्दवृढाहरू लौरो टेकेर लाइनमा वसेको देखिन्छ । जनस्वास्थमा जनताको जनप्रतिनिधीहरूले औषधि लिनेठाउँमा वस्ने ठाउँको वन्दोवस्त गर्दा वेस होला । किन कि वृध्दवृध्दाहरूले वा रोगीहरूले टिकट लिनदेखि औषधि लिनसम्म उभेर वस्न वाध्यछन् ।

वस्ने ठाउँको वन्दोवस्त गर्नैपर्छ । जनप्रतिनिधीहरूले अबलोकन गर्न पर्ने देखिन्छ । औषधि दिनेमा पनि एउँटा छ ,आर्को लिन भोलि आऊ भन्छन् । भोलि आऊछ त भन्दा खोई ठेगान छैन भनिरहेकाछन् । औषधि आजै खान पर्नेलाई भोलि लिन आऊ भनेर तारेर हुन्छ । औषधिको राम्रो वन्दोवस्त गर्न दिनु पर्ने देखिन्छ । जाताले पाउने सुविधाको महँगो असर परिरहेको छ । आज खानु पर्ने औषधि नखाए मानिस मर्न सक्छ । त्यसैले जनताको स्वास्थमा यस्तो किन गरिरहेकाछन्जाँ । चबुझ अनिवार्य छ । आर्को जुन ठाउँमा विमा कार्ड लिने हो नाम लेखाई सकेपछि सम्वधिलाई फिर्ता दिनु पर्नेमा विमा कार्ड लिन लाईन वस्नु पर्ने त्यो पहिले नै फिर्ता दिएको भए ठिकै हुन्छ ,किन लिनु प(र्यो । सम्वधितलाई नै पहिले फिर्ता दिए त दुवैतिर झन्झत मुक्त हुन्थो । मायन पावर एक जना कम हुन्छ अर्कै काममा लगाउन सकिन्थो । वर्षामा औषधि लिन पर्ने र पानी पर्नेसमय नआउदै ओत लाग्ने ठाउँको व्यवस्था गरेमा अझै वढि जनताकोनिम्ती सुविधा हुने थियो ।  समय उपलव्धको अवसरमा भक्तपुर नगरपालिकाको मेयर ज्यू र अन्य जनप्रतिनिधी ज्यूहरूले अबलोकन गेमा सुदृढ हुने थियो । आगामि दिन अझै जनताको निम्ति सुखद दिनहरू आउने आसाछ । भक्तपुर नगरपालिकालाई धन्यवाद किन कि जनताको निम्ति जनस्वास्थको सेवा केन्द्रमा सुधार गर्न सकोस् ।  जनताको आँखा दूरविनसरि छ ।

Comments