कांग्रेस केन्द्रीय सदस्यमा बाबुराजा चित्रकारको उम्मेदवारी


मंसिर २०, २०७८, सोमबार | विहान ०८:३५ बजे | 60


कांग्रेस केन्द्रीय सदस्यमा बाबुराजा चित्रकारको उम्मेदवारी

नेपाली कांग्रेसका युवा नेता बाबुराजा चित्रकारले आसन्न १४ औं महाधिवशेनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । २०४६ सालको पहिलो जनआन्दोलनबाट सक्रिय राजनीतिमा लागेका चित्रकारले त्रिचन्द्र क्याम्पसमा स्ववियू सदस्य हुँदै सचिव पदमा जित हासिल गर्दा देशभरमै सबैभन्दा बढी मत ल्याएका थिए । माउ पार्टी टुक्रिएका कारण त्रिचन्द्र क्याम्पसमा स्ववियू सभापति पदमा पराजित चित्रकार नेविसंघ केन्द्रीय समितिमा सदस्य हुँदै सहमहामन्त्री भए । विद्यार्थी आन्दोलनमा अर्थपूर्ण सहभागिता जनाएका चित्रकारको अन्तर्राष्ट्रिय सम्बन्ध पनि मजबुत रहेको छ । चित्रकार गणेशमान सिंह केन्द्रका अध्यक्ष समेत हुन् ।

Comments