रोशी क्षेत्रलाई एमालेको लाल किल्ला बनाउनुपर्नेमा जोड


मंसिर २०, २०७८, सोमबार | विहान ०५:३३ बजे | 65


रोशी क्षेत्रलाई एमालेको लाल किल्ला बनाउनुपर्नेमा जोड

नेकपा  ( एमाले  ) रोशी गाउँपालिका कमिटीको कार्यालय बिधिवत रुपमा सन्चलन गरिएको छ ।
पुर्बमन्त्री  तथा नेकपा एमालेका प्रदेश कमिटी  सदस्य  रेशमबहादुर लामाले  कार्यालय उद्घाटन गर्दै नेकपा एमालेको महाधिवेशनमा उपस्थित लहरले नेकपाप्रति जनताको बिस्वास जितेको बताउदै एकजुट भइ रोशी क्षेत्रलाई एमालेको लाल किल्ला बनाउनुपर्नेमा जोड दिनुभयो । एमाले पार्टीले मात्रै  देशमा आमुल परिवर्तन ल्याउन सक्ने र समृद्ध  नेपाल निर्माण गर्न सकिने  उहाँले बताउनु भएको थियो ।
त्यसैगरी युबा संघ  नेपालका बरिस्ठ  उपाध्यक्ष अमित लामाले युबाहरु एक भइ पार्टीलाई अगाडि बढाउनुपर्ने र युबाहरु देशको भबिस्यको कर्णधार रहेको बताए ।
रो्शी गाउँपालिका कमिटिका अध्यक्ष देबसागर लामाको अध्यक्षमा सम्पन्न  उक्त कार्यक्रममा अध्यक्ष लामाले अधिबेसनको समिक्षा गर्दै पार्टीलाई ससक्त रुपमा अगाडि  बढाउनपूर्ब जनप्रतिनिधिहरुको भेला गर्ने र टोलटोलमा टोल कमिटी गठन गर्ने कुरा बताउनुभएको थियो ।

Comments