राखेप सदस्य सचिब घिसिङ सम्मानित
मंसिर २०, २०७८, सोमबार | विहान ०५:२४ बजे | 40
काठमाडौं । नेपाल राष्ट्रिय तामाङ घेदुङ्ले राष्ट्रिय खेलकुद परिषद्का नव नियुक्त सदस्य सचिव टङ्कलाल घिसिङलाई सम्मान गरिएको छ । सम्मान कार्यक्रममा घिसिङले खेलकुद क्षेत्रले मात्रै देशको नाम चिनाउन सकिने भएकोले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर नराखी योजना बनाएर सार्वधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामाको सूचीमा राखिने धारणा गर्नुभयो । साथै घिसिङले सबै खेल र खेलाडीहरुलाई समान प्राथमिकतामा राखेर अगाडि जाने प्रतिबद्ध गर्नुभयो ।
फाेटाेमा हेर्नुहाेस्...