नेकल ग¥यो एकैपटक एक सय ८९ जना इन्जिनियरहरुलाई विदाई
मंसिर १८, २०७८, शनिबार | दिउँसो ०३:३१ बजे | 65
काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट भक्तपुरले कलेजमा अध्ययन पूरा गरेका एक सय ८९ इन्जिनियरहरुलाई राजधानीमा शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी विदाई गरेको छ ।
विदाई कार्यक्रममा चाँंगुनारायण नगरपालिकाका प्रमुख एवं कलेज व्यवस्थापन समितिका अध्यक्ष सोम मिश्रले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरी विद्यार्थी इन्जिनियरहरुलाई विदाई गरेको हो । सिभिल इन्जिनियरिङतर्फका एक सय ४१ जना र एण्ड रुरल इन्जिनियरिङतर्फका ४८ जना गरी जम्मा एक सय ८९ जना विद्यार्थी इन्जिनियरहरुलाई विदाई गरेको हो ।
कार्यक्रममा मेयर मिश्रले चाँंगुनारायणलाई प्राविधिक महाविद्यालयको हब बनाउने योजना रहेको भन्दै त्यसमा साथ दिन पास आउट भएका विद्यार्थीसँंग पनि अनुरोध गरे । चाँंगुनाराय नगरपालिका क्षेत्रमा रहेको नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरलाई प्राविधिक महाविद्यालयको हब मात्रै नभई हेर्न लायकको इन्जिनियरिग कलेज बनाउने योजना रहेको उनले सुनाए ।
[[img2]]
कार्यक्रममा कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले आफना विद्यार्थीहरुलाई पढाई पूरा गरी फिल्ड खटिंदा कलेजको नाम राख्ने गरी खटिन निर्देशन दिए । काममा खटिंदा नैतिकता साथमा लिएर काम गर्न उनले निर्देशन दिए । व्यक्तित्व विकासका लागि निरन्तर अध्ययन अनुसन्धान गरिरहन सुझाब दिंदै प्राडा श्रेष्ठले अध्ययनलाई कहिल्यै नछाडन आग्रह गरे । आआफनो व्यक्तित्व विकासका लागि पेशासँंग सम्वन्धित छाता संगठनहरुमा आवद्ध हुन उनले सल्लाह दिए । कलेज सञ्चालक समितिका सदस्य सोम प्रधानले कलेज निजी हो कि सामुदायिक हो भने विवाद चलिरहेको चर्चा गरे । उनले कलेजलाई जुनसुकै हालतमा पनि निजी बनाउन नदिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा बाबुसाहेककुमार बैठ र अर्जुन शाही प्रोग्राम टपर भई पुरस्कृत भएका थिए । साथै अनिश गिरी, नवराज पौडेल, सुदीप रिजाल, विवेक कोइराला सव्जेक्ट टपर भई पुरस्कृत भएका थिए ।
mg3]]
कार्यक्रममा एकेडेमिक कोअर्डिनेटर बाबुराम भटराई, प्रशाशन प्रमुख श्रीमा शर्मा, सिभिल इन्जिनियरिङतर्फका एसिस्टेण्ट प्रोफेसर अजय खडका, सिभिल एण्ड रुरल इन्जिनियरिङतर्फका यमन ढकाललगायतले विदाई भई गएका विद्यार्थीलाई बधाई तथा शुभकामना दिए ।फाेटाेमा हेर्नुहाेस्...