आज कक्षा १२ को नतिजा सार्वजनिक हुदैँ
मंसिर १७, २०७८, शुक्रबार | विहान ०३:०६ बजे | 10
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ। कक्षा १२ को परीक्षा गएको ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको थियो। कक्षा १२ को परीक्षामा देशभरबाट तीन लाख ७४ हजार विद्यार्थी सहभागी भएका थिए। बोर्डका अनुसार बिहीबार बसेको बोर्ड बैठकमा शुक्रबार नतिजा सार्वजनिक गर्ने विषयमा सहमति भएको छ।
गएको वैशाखमै सञ्चालन गर्नुपर्ने कक्षा १२ को परीक्षा कोरोना संक्रमणको कारण असोजमा सञ्चालन गरिएको थियो। परीक्षा होम सेन्टरमा सञ्चालन भएको थियो।