भवन निर्माणार्थ रोटरी क्लव अफ मध्यपुर थिमिले गरयो सहयोग, भयो शिलान्यास


मंसिर १६, २०७८, बिहीबार | विहान ०६:३५ बजे | 15


भवन निर्माणार्थ रोटरी क्लव अफ मध्यपुर थिमिले गरयो सहयोग, भयो शिलान्यास

ओखलढुङ्गा जिल्लाको अत्यन्त दुर्गम र बिकट ठाउँ मोलुङ गाउँपालिका ७ पात्ले तालकोटस्थित श्री भुमेस्थान आभारभुत बिद्यालयको भवन निर्माणार्थ रोटरी क्लव अफ मध्यपुर थिमि डिस्ट्रिक ३२९२ ले आर्थिक सहयोग तथा भवन निर्माणको शिलान्यास गरेको छ ।
रोटरी क्लव अफ स्टर्ट अष्ट्रेलिया र रोटरी क्लव भुकम्पपछिको पुनःनिर्माण तथा पुनर्स्थापना कार्यक्रमको २० लाखको आर्थिक सहयोगमा दुई कोठे भवन निर्माणको शिलान्यास रोटरि क्लव अफ मध्यपुर थिमिका अध्यक्ष बिनोद बज्राचार्य, सोही वडाका वडाध्यक्ष हेमबहादुर सुनुवार र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वाङ्डा शेर्पाले संयुक्त रूपमा गर्नु भएको छ।
सोही अवसरमा क्लवले उक्त बिद्यालयमा अध्ययनरत करिव ५० जना बिद्यार्थीहरूलाई ब्याग, कपि, कलम, चाउचाउ, बिस्कुट, चकलेट बितरण गरेको कार्यक्रम संयोजक रोटरियन रामकाजी श्रेष्ठले जानकारी दिनुभएको छ । बिद्यार्थीहरूलाई ब्याग रोटरी क्लव अफ ठमेलले सहयोग गरेको थियो ।
२०७२ सालको भुकम्पपछि भत्किएको सो भवन निर्माण गर्न मध्यपुर क्लवले यस अघि पनि करिव ६० लाखको लागतमा दुई कोठे भवन, शौचालय, शिक्षक तालिम लगायतको सहयोग गरिसकेको छ ।

Comments