त्यो कारण आफैमा
मंसिर १४, २०७८, मङ्गलबार | विहान १०:३१ बजे | 35
गद्य कबिता
आज दुखी पनि छु
आज खुसी पनि छु ,
त्यो कारण आफैमा छ,
मनको कुरा मनमा नराखौ
यस्तो कारणले दुखी भए ,
त्यस्तै कारणले खुसी भए
आफन्तको अन्त्यस्तीले दुखी
मान पाएर नि खुसी छु ।
दुःख भयो भनेर न आतिऊ
सुख भयो भनेर न मातिऊ ।
समय बलवान् छ दुःख र सुख ,
पृथ्वीमा एवम् प्रकारले घुमिरहन्छ ।
कुमार लघु
व्यासी ः– २, भक्तपुर