नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूको भव्य विदाई


मंसिर ११, २०७८, शनिबार | दिउँसो ०१:४२ बजे | 20


नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूको भव्य विदाई

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) चाँगुनारायण दुवाकोट भक्तपुरले बिई तहको पढाई पूरा गरेका दुई सय १४ जना इन्जिनियर विद्यार्थीलाई विदाई गरेको छ । बिई कम्प्युटर इन्जिनियरिङका ९५ जना, आर्किटेक्चरका ४५ जना, बिई इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका ४७ जना र बिई इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिङका २७ जना गरी जम्मा दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूलाई कलेजले शनिबार एक भव्य कार्यक्रम गरी विदाई गरेको हो । कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठलगायतले ती विद्यार्थीहरुलाई टिका, खादा तथा प्रमाणपत्रले सम्मान गरी विदाई गरेको हो ।

[[img2]]
कार्यक्रममा कम्प्युटर इन्जिनियरिङ तर्फका तथा कलेजकै सर्वोत्त्कृष्ट विद्यार्थीको रुपमा दीपेन्द्र खड्कालाई स्वर्णपदक तथा नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी विशेष सम्मान गरिएको थियो । साथै आर्किटेक्चरतर्फका सर्वोत्त्कृष्ट विद्यार्थी प्रोग्राम टपर युश्ना मलेखू, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङतर्फका सर्वोत्त्कृष्ट विद्यार्थी प्रोग्राम टपर गणेश ढुंगानालार्ई पनि नगदसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो ।
[[img3]]
कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा.डा. श्रेष्ठले कलेजबाट उतीर्ण भई सेवामा गएका विद्यार्थी नै कलेजको ब्राण्ड एम्वेसडर हुने भएकोले पास आउट भई सेवामा गएका विद्यार्थीले सेवाको क्रममा कलेजको नाम राख्ने गरी उत्कृष्ट काम गर्न निर्देशन दिए । कलेजका सहायक प्रिन्सिपल दुर्गाप्रसाद भण्डारीले कलेजबाट वार्षिक सयौं विद्यार्थी इन्जिनियरिङ उतीर्ण गरी जाने जानकारी गराए । कार्यक्रममा कलेजका शिक्षकशिक्षिका, कर्मचारी, विद्यार्थी गरी सयौंको सहभागिता रहेको थियो ।
<!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->

फाेटाेमा हेर्नुहाेस्...

नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूको भव्य विदाई
नेकका दुई सय १४ जना इन्जिनियर विद्यार्थीहरूको भव्य विदाई

Comments