निओ फ्यिुजनको १६ औं प्रमाण पत्र तथा प्रशंसा पत्र कार्यक्रम सम्पन्न


मंसिर ११, २०७८, शनिबार | दिउँसो ०१:३४ बजे | 55


निओ फ्यिुजनको १६ औं प्रमाण पत्र तथा प्रशंसा पत्र कार्यक्रम सम्पन्न

भक्तपुर । निओ फ्यिुजन स्कुल अफ कम्प्युटरको १६ औं प्रमाण पत्र तथा प्रशसा पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। शनिबार भक्तपुर नगरपालिका वडा नम्बर ७ को सभाहलमा कार्यक्रम भएको हो।

कार्यक्रमा प्रमुख अतिथि बागमती प्रदेशका सांसद तथा नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सदस्य सुरेन्द्रराज गोसाई प्रमुख अतिथि थिए। प्रदेश सांसद गोसाईले सहभागि विद्यार्थीहरुको पैसाको पछि नलाग्न अनुरोध गरे। साथै उनले एमसीसी एउटा देशघाटी भएको बताए। यदि एमसीसी पारित भएको खण्डमा देश अफगानिस्तान जस्तै हुने उनले सुनाए।
[[img3]]
त्यस्तै कार्यक्रममा भक्तपुर नगरपालिका वडा नम्बर ९ का वडाध्यक्षले विदेश जान मरिहत्य नगर्नको अनुरोध गरे। उनले विदेश जानको लागि नैतिक अनैतिक कार्यहरु भइरहेका सुनाए। उनले विदेश जानको अहिले बुवाआमाले नै थाहा नदिई विवाह दर्ता गर्न आउने गरेको बताउँछन्।
[[img4]]
निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले आज एक सय ७० जना विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको जनाकारी गराए। उनले यस वर्ष अध्ययन गर्न आउने विद्यार्थीहरु स्थानीय भन्दा पनि बाहिर जिल्लाका धेरै रहेको बताउँछन्।  साथै उनले ११ जनालाई निओ विद्यार्थीलाई प्रमाण पत्र वितरण गरेको जनाकारी गराए। उनले यस वर्ष अध्ययन गर्न आउने विद्यार्थीहरु स्थानीय भन्दा पनि बाहिर जिल्लाका धेरै रहेको बताउँछन्।  साथै उनले ११ जनालाई निओ फ्युजनको लागि निस्वार्थ साथ सहयोग दिदैंँ आएका सहयोग सहकर्मीहरुलाई प्रशंसा पत्र वितरण गरेको उनले सुनाए। यसैगरी सहयोगी गर्दै सहकार्य गर्दै अघि पाउँ, उनले भने। त्यस्तै उनले निओ फ्युजन स्कुल अफ कम्प्युटर भक्तपुरको सिटिइभिटीबाट अनुमति प्राप्त पहिलो संस्था भएको जानकारी गराए। यसको केन्द्रिय कार्यलय इनाचोमा र शाखा कार्यलय लिवालीमा रहेको जनाए।

फाेटाेमा हेर्नुहाेस्...

निओ फ्यिुजनको १६ औं प्रमाण पत्र तथा प्रशंसा पत्र कार्यक्रम सम्पन्न
निओ फ्यिुजनको १६ औं प्रमाण पत्र तथा प्रशंसा पत्र कार्यक्रम सम्पन्न

Comments