विकासको नाममा विनाश त गर्दे छैनौं ?
साउन ८, २०७७, बिहीबार | विहान ११:५६ बजे | 60
कविन श्रेष्ठ
एक सय २० दिनको लकडाउन खुल्या लगतै कोरोना भाइरस अर्थात् (कोभिड १९) को महामारीसँगसंगै निकै ठूलो समस्या भनेको बाढी पहिरो हो । हरेक वर्ष हिमाली तथा पहाडी भेगमा पहिरो तथा तराई भेगमा बाढीले हजारौँ मानिसले ज्यान गुमाउनु परेको छ । साथै कयौं मानिसहरु घरवारविहिन हुन पुगेको छ । वाढी पहिरो भन्नाले प्राकृतिक प्रकोपको रुपमा लिइन्छ । तर यो के प्राकृतिक प्रकोपको काण मात्र हो । पक्कै पनि होइन । यसमा हामी मानिसहरुको पनि गल्ती रहेको छ । हामी विकासको नाममा विनाश त गर्दे छैनौं ?
हो बाटो सडक नै विकासको मूल आधार हो । तर जथाभावी बाटो खन्दा र राम्रोसंग माटोको अध्ययन नगरी वा गरे पनि वर्षोंको समयमा बाटो बढाउने तथा खन्ने कामले यो पहिरो आउनुको एक कारण हो ।
अहिले ठ्याक्क यस्तै भएको छ सूर्यविनायक नगरपालिका क्षोत्रमा । लगातारको वषार्का कारण सूर्यविनायक ३ स्थित दधिकोट र बालकोटको सिमानामा रहेको काठमाडौंं स्कूल अफ ल माथि पहिरो गएको छ । पहिरो सानो गए पनि अझै माटो खसकिने खतरा रहेको छ । असार महिना लागे लगतै यहाँ वाटो बढाउने र बनाउने काम सुचारू भएको थियो । हरेक वर्ष बर्खाको समयमा यहाँ माटो खासने हुंदा स्थानीय मिलेर बाटो मिलाउने गर्थे । त्यसैले पनि यहाँ बाटो निकै साँघुरो रहेको थियो । बर्षाको समयमा बाटो निर्माणको लागि दोजरले खनिएको कारण माटो झन कमजोर भइ पहिरो गएको भन्ने स्थानीयको भनाइ छ । अचम्मको कुरो के भन्दा चाहिं पहिला नै वर्षाको समयमा माटो खसकिने स्थानमा डोजर लगाएपछि पहिरो जान सक्छ भन्ने थाहा नपाउनु हो कि थाहा नपाए जस्तो गरको हो ? बाटो सबैलाई चाहिएको छ, चोडाहा बाटो हुनु पनि राम्रो हो । तर २ फिट पनि नभएको वाटो अब चौडाह बनाउने निर्णयसंगै काम अघि बढेको छ । यहाँ काम गर्ने कामदारहरुलाई पनि निकै कठिन भएको देखिन्छ ।
यहाँ सोध्न मन लागेको प्रश्न के हो भने काम गर्ने मानिसदेखि हिँडने व्यक्तिलाई अप्ठ्यारो हुने गरी बर्षाकै समयमा निर्माण कार्य किन गरिन्छ ? साथै पहिरो जाने अझै खतरा हुंदा काम अलमलमा परेको छ । पहिरो गएकै कारण एक जनाको बारीमा नोक्सानी साथै निकै माटो खस्किएको छ । त्यसैले सानै पहिरो भए पनि पहिरो गएको स्थानमा सम्बन्धित निकायको ध्यायनकर्षण जायोस् र वडा कार्यलयले पनि जसको बाली नोक्सानी भएको उहाँलाई उचित व्यवस्था होस् भन्ने आग्रह गर्दछु ।