भक्तपुरमा भारतीय चोर


मंसिर ४, २०७८, शनिबार | विहान ०२:५५ बजे | 0


भक्तपुरमा भारतीय चोर

२०७८÷०७÷३० गते मध्यराती १२ः०० बजेको समयमा भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारी स्थितमा रहेको दुवाल आर्ट एण्ड हेन्डिक्राफ्ट उद्योगमा रहेको करुवा बनाउने कच्चा पदार्थ र बन्दै गरेको ढलौटको करुवाहरु चोरी गरेको भन्ने मिति २०७८÷०८÷०१ गते जानकारी प्राप्त भएको जनाएको छ।
अनुसन्धान ः–  महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दै जाँदा मिति २०७८÷०८÷०२ गते साँझ निम्न वतन भएका राजु गिरी र बैंकटस गिरी समेत २ जनाले चोरी गरी काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ९ सिनामंगल स्थित मुन्ना साहले संचालन गरेको कवाडी पसलमा बेचबिखन गरेको पाईएको साथै नारद साहले उक्त चोरीको सामान बेचबिखन गर्न मुन्ना साहको सहयोगीको रुपमा काम गरिरहेको अनुसन्धानको क्रममा खुल्न आएको हुँदा चोरी गरी लगेको ढलौटको करुवा समेत बरामद गरी चोरी गर्ने र चोरीको सामान किन्ने राजु गिरी समेत निम्नलिखित ४ (चार) जना कसुरदारहरुलाई नियन्त्रणमा लिई मिति २०७८÷०८÷०३ गते भक्तपुर जिल्ला अदालतमा चोरी मुद्दामा पेश गरी दिन ५ (पाँच) म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भई रहेको ।

चोरी गर्ने व्यक्तिहरुको नामथर, वतन
भारत देश हैदरावाद घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ९ सिनामंगल बस्ने बर्ष १८ को राजु गिरी ।
ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष १८ को बैंकटेस गिरी ।
भारत देश मोतिहारी घर भई हाल काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३२ बानेश्वलर बस्ने बर्ष ३० को मुन्ना साह ।
ऐ.ऐ. घर भई ऐ.ऐ. बस्ने बर्ष ३५ को नारद साह ।  

बरामद भएका सामानहहरु
ढलौटको करुवाको बैठक २९ के.जी. ५०० ग्राम, ढलौटको करुवाको मुख ७४ के.जी., पानसको डण्डी ४७ के.जी. र कच्चा पदार्थ ४८ के.जी. ।

Comments