भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने


चैत १८, २०८२, बुधबार | साँझ ०५:४६ बजे | 75


भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने

भक्तपुर । भक्तपुरमा नयाँ वर्ष २०८३ तथा बिस्का जात्राको अवसर पारेर “भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव” आयोजना हुने भएको छ। आयोजकका अनुसार महोत्सव वैशाख २ देखि ६ गतेसम्म सल्लाघारीमा सञ्चालन हुनेछ।
उद्योग, संस्कृति र कृषिको समग्र विकास गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको उक्त महोत्सवले उपभोक्तालाई दैनिक उपभोग्य वस्तु एकै स्थानमा उपलब्ध गराउने तथा स्थानीय उत्पादन, उद्योग र व्यापार प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । यस्ता महोत्सवहरूमा विगतमा ठूलो जनसहभागिता र आर्थिक कारोबार हुने गरेको पनि देखिन्छ ।
महोत्सवमा १५० भन्दा बढी स्टल रहनेछन्, जहाँ खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि सामग्री, हस्तकला, इलेक्ट्रोनिक्स, मोबाइल तथा अटोमोबाइल लगायतका वस्तुहरूको प्रदर्शन तथा बिक्री गरिनेछ। त्यसैगरी, महोत्सवमा बालबालिकाका लागि मनोरञ्जनात्मक खेलहरू, फुड फेस्टिभल, राष्ट्रिय कलाकारहरूको सांगीतिक प्रस्तुति, नृत्य तथा सांस्कृतिक कार्यक्रमहरू दैनिक रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ।
प्रवेश शुल्क विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० निर्धारण गरिएको छ। महोत्सव संयोजक दीपक थापाका अनुसार यो कार्यक्रमले स्थानीय उत्पादनलाई बजार उपलब्ध गराउँदै उद्योग, व्यापार र पर्यटन क्षेत्रलाई थप चलायमान बनाउने विश्वास गरिएको छ।
आयोजकले सम्पूर्ण उद्योगी, व्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणलाई महोत्सवमा सहभागी भई सफल बनाउन आग्रह गरेका छन्।
 

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव हुने

Comments