भक्तपुरमा बर्ड फ्लु भित्रिएको हो ?


चैत १८, २०८२, बुधबार | साँझ ०६:५८ बजे | 205


भक्तपुरमा बर्ड फ्लु भित्रिएको हो ?

भक्तपुर नगरपालिकाले नगरभित्र केही स्थानमा पन्छीहरू मृत अवस्थामा भेटिएको भन्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।

नगरपालिकाद्वारा जारी सूचनाअनुसार, मृत भेटिएका पन्छीहरूलाई परीक्षणका लागि कृषि तथा पशुपन्छी मन्त्रालय अन्तर्गत पशु सेवा विभागको केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा पठाइएको छ। सम्भावित बर्ड फ्लु (पन्छी रोग) को आशंकालाई ध्यानमा राख्दै परीक्षण प्रक्रिया अघि बढाइएको जनाइएको छ।

नगरपालिकाले घर वरिपरि, टोल तथा छरछिमेकमा कुनै पनि पन्छी शंकास्पद रूपमा मृत अवस्थामा भेटिएमा नछुन र तुरुन्त सम्बन्धित सरसफाइ कर्मचारी वा निकायलाई जानकारी दिन आग्रह गरेको छ। साथै, संक्रमण फैलिन नदिन सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ।

यस सम्बन्धमा थप जानकारी वा सहयोगका लागि नगरपालिकाको पशु स्वास्थ्य सेवा शाखा तथा सम्बन्धित शाखाहरूमा सम्पर्क गर्न सकिने जनाएको छ।

???? स्थानीय स्तरमा देखिएको यस्तो घटनाले सम्भावित रोग नियन्त्रणका लागि सतर्कता र जनचेतना अत्यन्त आवश्यक रहेको सम्बन्धित निकायले जनाएको छ।

फाेटाेमा हेर्नुहाेस्...

भक्तपुरमा बर्ड फ्लु भित्रिएको हो ?

Comments