चौथो आयाम पुस्तकमा मेरो दृष्टि


कार्तिक ३०, २०७८, मङ्गलबार | विहान ०८:४१ बजे | 35


चौथो आयाम पुस्तकमा मेरो दृष्टि

चुडाप्रसाद चौलागाई
पृष्ठभूमि
साहित्य एक विशाल महासागर हो । सागरभित्र जे खोज्यो त्यही पाइन्छ । त्यो चिन्न सक्ने मानिस हुनुपर्दछ । माझीले माछा चिन्दछ । धेरै माथि आकासमा उड्ने चिलले सागरभित्रको मूर्दा चिन्दछ । सागरको गहिराइमा रहेको मोती चिन्न सक्नेले मोती भेटाउँछ । काठको काम गर्ने मान्छेले बगि आएको काठ तथा दाउरा चिन्दछ । बालुवाको काम गर्नेले बालुवा चिन्दछ । त्यति मात्र होइन अग्ला अग्ला पहाडबाट ठोकिदै आएको ढुङ्गाहरु ससाना आकारमा बगिरहेका ढुङ्गाहरु विभिन्न रुपमा देखिन्छ । काली गण्डकीमा बगेका ढुङ्गाहरुलाई पञ्चायनको रुपमा पूजा गर्ने चलन पनि रहिरहेको पाइन्छ । त्यस्तै हो साहित्यरुपि सागर पनि । विश्वको ठूला ठूला दार्शनिक तथा साहित्यकारहरुले रचेका कृतिहरुमा गहिरिएर अध्ययन ग¥यो भने जीवनको चित्र पाइन्छ । जसलाई पाठकहरुले बुझ्नसक्नु पर्दछ । अब पाठक ज्ञानी बन्दछ । जसरी महासागरमा ससाना खोला तथा नदीहरुको मिलनबाट महासागर बन्दछ त्यस्तै साहित्य पनि यसको विविध विधाहरु जस्तै काब्य, महाकाव्य, खण्डकाव्य तथा कविताका विभिन्न प्रकारहरु त्यस्तै कथा, उपन्यास, नाटक आदि पनि साहित्यका विविध नदीहरु हुन् ।
नेपाली साहित्यमा धेरै साहित्यकारहरु छन् ।जस्तै महाकवि लक्ष्मीप्रसाद देवकोटा, लेखनाथ पौडेल, भवानी भिक्षु, बालकृष्ण सम, शंकर लामिछाने लगायतका थुप्रै साहित्यकारले साहित्यरुपि सागर बगाएका छन् । त्यो सागर अमृत हो । नवरसहरु छन् जसलाई जुन रस मनपर्दछ त्यही रस लिने गर्दछ । त्यस्तै धेरै लेखकहरु मध्ये एक बहुआयामिक लेखक हुनुहुन्छ डा. इन्दुल के.सी. । उहाँ बहुआयामिक व्यक्तित्व हो भनेर उहाँका कृतिहरुको आधारमा धेरैले संकेत गरेका छन् । उहाँको सोच प्रतिभालाई, बिचारलाई, मनोवृति तथा प्रवृतिलाई आ–आफ्नै ढङ्गबाट मूल्याङ्कन गरेका छन् । उहाँले लेखेका कृतिहरुमध्ये चौथो आयामको बारेमा धेरै विद्वान्हरु, समीक्षक, समालोचक, आलोचक आदिले मूल्याङ्कन गरेका छन् । हुन त आकाशमा मडारिएको बादललाई हे¥यो भने बालदलका आकारहरुमध्ये कसैले बाघ देख्दछ, कसैले मान्छे देख्दछ जसले जे दृष्टि लगायो त्यही देख्दछ आखिर सत्य बादल नै हो । बगिरहेको महासागरको किनारमा हामीले हेर्न खोज्योँ भने विविध सोचअनुसारको आकार देख्दछौँ । आखिर सत्य पानी नै हो । त्यस्तै हो साहित्य पनि । डा. इन्दुल के.सी.ले लेख्नुभएको चौथो आयामलाई विभिन्न दृष्टिकोण राख्नुभएका महानुभावहरुले गर्नु भएको विश्लेषणहरु पढ्दा मैले विश्लेषण गर्न खोज्दा आपूmले लेख्न खोजेको कागजमा राम्रो मसी नभएको पानी जस्तो मसी राखेर आपूmले पनि केही लेख्न खोजेको मात्र हुँ । राम्रोसँग हिड्न नसक्ने यात्रुले वैशाखीको भरमा हिड्न खोजेको जस्तो आपूmलाई ठानेको छु ।
विश्लेषण
    प्रस्तुत चौथो आयामलाई मैले माहुरीको चाकाको रुपमा लिएको छु । जसरी धेरै माहुरीहरुले आफ्नो चुच्चाबाट थोपा थोपा रस चुसेर महको चाका बनाइको हुन्छ । त्यस्तै धेरै विद्वान्हरुले दिएको सुझाव प्रसंसालाई महरुपि चाका ठानेको छु । ज्ञान दुई प्रकारको बताइएको छ, सहज ज्ञान र आर्जित ज्ञान । सहज ज्ञान भनेको मानिसको दिमागबाट निरन्तर बगिरहने विचारको धारा हो, पानी जस्तै । आर्जित ज्ञान भनेको धारा वा नदी, कुलो वा पाइपबाट बालीमा लगाएर प्राप्त भएको खाद्यान्न जस्तै अनुभव वा ज्ञान हो । डा. इन्दुल के.सी.लाई सहज ज्ञान आर्जन गरेको मानिस ठान्दछु । चौथो आयाम कृतिलाई विभिन्न विद्वान्ले दिएको विश्लेषणलाई अध्ययन गर्न त्यसको विश्लेषण गर्न आफ्नो क्षमता नभए पनि प्रयास गर्न खोजेको हुँ ।
विभिन्न लेखकहरुको दृष्टिमा उक्त किताब
(१) लेखक श्री अनिल वाग्लेजीले लेख्नुभएको प्रेरणाका स्रोत डाक्टर इन्दुल के.सी. नामक शीर्षकका विचारलाई यहाँ छोटो रुपमा देखाउन खोजेको छु । उहाँ निडर, प्रष्ट वक्ता, लक्ष्यमा पुग्न कत्ति पनि विचलित नहुने, जुझारु, परिश्रमी, विविकशील सोच भएका व्यक्तित्वको रुपमा चित्रण गर्नुभएको छ त्यति मात्र होइन साधा जीवन र उच्च विचारका व्यक्तिका रुपमा विश्लेषण भएको देख्दछु ।
(२) श्री गोबिन्दबहादुर खड्काजीले चमत्कारी “डा.इन्दुल के.सी.” नामक कवितामा गरेको यथार्थ चित्रण कवि भावनाको द्योतक ठानेको छु ।
(३) त्यस्तै अर्का विद्वान् डा. गोविन्दशरण उपाध्यज्यूले चौथो आयामका इन्दुलको रचनामार्पmत डा. इन्दुल के.सी.लाई हाँसले दूध र पानी मिसिएको अवस्थामा दूध र पानी छुट्टिएभैंm देखिन्छ । सांच्चै डा.इन्दुल के.सी.समाज वा देशको हाँस नै हो कि जस्तै ठान्दछु । मौलाउँदै गएको राजनीतिक अतिवाद, भ्रष्टाचार, व्यक्तिकेन्द्रित जीवनशैली र सांस्कृतिक तथा धार्मिक मूल्यप्रतिको अरुचिप्रति देख्नुभएका कुरालाई प्रस्तुत गरिएको छ जसले दूधबाट घीउ निकालेभैmं दूर दृष्टिकोणले मूल्याङ्कन गरेको पाएको छु ।
(४) अर्का विद्वान् श्री दामोदर घिमिरेज्युले ‘व्यक्ति एक र कृतित्व अनेक’ भन्दै त्यहाँ प्रस्तुत गर्नुभएका व्यत्तित्वको नाम राख्दै तुलना गर्नुभएको छ । डा.इन्दुललाई धान, भुस र कनिका छुट्याएर सग्ला चामल निकाल्न सक्ने व्यक्तिभैंm समाजभित्रका कुँडा कर्कट, संगति र विसंगति कुरालाई राम्रोसँग केलाउन सक्ने समालोचक तथा आलोचकको रुपमा डा. इन्दुल के.सी.लाई महशुस गरेको मैले ठानें ।
(५) श्री द्रोणप्रसाद श्रेष्ठले ‘उहिल्यै चिनेको अहिले बुझेको’ शीर्षकमा डा.इन्दुल के.सी.लाई चन्द्रमाको रुपमा देख्नुभएको छ भने अर्कातिर सूर्यको रुपमा । चन्द्रमाले सितलता प्रदान गर्छ भने, सूर्यले तातो प्रदान गर्दछ । यो तातो र चिसो पनि जीवन हो । उहाँले डा.इन्दुल के.सी.लाई पवित्र आत्माले उहाँको स्वभाव, चरित्र एकातिर सूर्य जस्तै अर्कातिर चन्द्रमा जस्तै भनेर उच्च मूल्याङ्कन गरेको ठान्दछु ।
(६) श्री निर्मला श्रेष्ठज्यूको शब्दमा ः डा.इन्दुल के.सी.लाई भेटेपछि साहित्यको मामिलामा उत्साहित बन्न पुगेको, सच्चा, इमान्दार, सहृदयी व्यक्तिसँगको चिनारीले आपूm प्रभावित भएको, साहित्यप्रति अभिरुचि बढ्न गएको विचार देखिन्छ ।
(७) अर्का लेखक हुनुहुन्छः श्री पुण्यवती घले, उहाँले डा.इन्दुल के.सी.लाई सीमित घेरामा नरहने, जीवन र जगतको हरेक क्षेत्रमा संलग्न भएर नयाँ कार्यक्रम अगाडि बढाउन उत्साहित हुने व्यक्तिको रुपमा मूल्याङ्कन गर्नुभएको छ । वकिल, समाजसेवी स्रष्टा, असल शिक्षक, कानुनको ज्ञाता, त्यति मात्र होइन चिकित्सा क्षेत्रमा पनि राम्रो दखल गरेका व्यक्तिको रुपमा चिन्नुभएको छ । तन, मन र धन खर्चेको कुराले आपूmलाई मात्र नभइ प्रत्येक पाठकको हृदय छुने साहित्यकारको रुपमा लिइएको छ ।
(८) श्री वेलप्रसाद श्रेष्ठज्यू धुलिखेलको समाजलाई उच्च विचारले ध्यान पु¥याउँदै धेरै समय अगाडिदेखि आजसम्म दुनियाँको चिन्ता गर्ने व्यक्ति हुनुहुन्छ । उहाँको शब्दमा इन्दुल के.सी.लाई ‘उहाँ विचारका धनी हुनुहुन्छ,’ भन्ने शीर्षकमा उहाँले डा.के.सी.लाई खरो स्वभावका व्यक्ति, प्रष्ट वक्ता, जाँगरिला, नयाँ काममा मन दिने, योजनाकार नयाँ विचारका धनी र कार्यान्वयनका पक्षमा सधैं सकृय बन्न सक्ने व्यक्तिको रुपमा लिएको पाएँ । त्यति मात्र कहाँ हो र पछिल्ला समयका साहित्यकार, योगगुरु र प्राकृतिक चिकित्सकको रुपमा सुपरिचित व्यक्तिको रुपमा ठानेको पाएँ । सागरभित्रको मोती चिन्न सक्ने व्यक्तिभैंm श्री वेलप्रसाद श्रेष्ठज्युले पनि डा. के.सीलाई गहिरो रुपमा चिनेको पाएँ ।
(९) नेपाली सहित्यका अर्का नक्षेत्र हुन् श्री मोहन दुवालज्यूले झनै चर्को उदाहरण आख्यानकार श्रीपरसु प्रधानज्यूको मूल्याङ्कनलाई उल्लेख गर्दै लेखेको पाएँ । नेपाली साहित्यका उत्कृष्ट निबन्धकार शंकर लामिछानेको ‘एब्सट्रयाक चिन्तन र प्याज’ जस्तो निबन्ध संग्रहमा उनले गरेको प्याजको पत्रैपत्रको व्याख्या गरेर डा.इन्दुल के.सी.को जीवनचक्र कृतिको सकल उदाहरण दिएर प्याजसँग तुलना गर्नुुभएको उदाहरण बडो रोचक र सान्दर्भिक छ । त्यस्तै हो मानव जीवन पनि । इन्दुल के.सी.को जीवनचक्र र प्रत्येक पत्रभित्रका कुना कुनामा उहाँको विचार लुकेको छ । आपूmलाई लाग्छ, जगमगाउँदा तारा हुन् । उज्यालो जहाँ पनि पुग्छ ।
(१०) अर्का कुशल समीक्षक हुनुहुन्छ श्री सारदाप्रसाद घिमिरे । उहाँ संयमी, धैर्यशील र भविष्यप्रतिको चिन्ता गर्ने व्यक्ति ठान्दछु । उहाँले डा.इन्दुल के.सी.लाई शहीद बन्नु पर्ने मान्छे भनेर संकेत गर्नुभएको छ । शहीदको अर्थ लामो समय बाँच्ने हो । शरीर नभएता पनि कृति रहनु हो तर यदि उहाँ शहीदै बन्नुभएको भए आज हामीले उहासँग धेरै कुरा सिक्ने मौका मिल्ने थिएन । उहाँको बोली बचन हासखेल, ठट्टा गर्ने अवसर नमिल्ने मात्र होइन उहाँको नयाँ कृतिहरु पढ्ने मौका मिल्ने थिएनन् । जेहोस् शारदाप्रसाद शर्माले डा.इन्दुल के.सी.प्रति श्रद्धाभाव राख्दै लेख्नुभएको आशयलाई पूरा गर्ने काम उहाँका कृतिहरुलाई जीउँदो शहीदको रुपमा हेर्नुपर्दछ । उहाँको कवितामार्पmत संग्लो पानीको रुपमा, सफा आकाशको रुपमा र संयमित धर्तीको रुपमा रहने कविताले गरेको, उहाँले रच्नुभएको अन्तिम कविताका दुई हरफ यहाँ समावेश गर्न उचित ठानेको छु ।
“खुला हृदयका के.सी. नीधि हुन् यो समाजका
वाद्यवादक औ डाक्टर, कवि, भजनगायक ।”
(११) डाक्टर इन्दुल के.सी.लाई शताब्दि पुरुष डा.सत्यमोहन जोशीले ‘दुई थुंगा पूmल’ नामक कवितामार्पmत गर्नुभएको प्रसंसाको पुञ्ज पारिजातको पूmलको बासनाभैंm ठान्दछु । पूmलको वास्ना वरिपरि, मानिसको वास्ना दिलपरि भनेभैंm डाक्टर इन्दुल के.सी.को वास्ना दुनियामा पुग्ने नै छ । डाक्टर इन्दुल के.सी. शारीरिक मात्र होइन मानसिक स्वस्थताको चिरफार गर्ने एक असल डाक्टर पनि हुनुहुन्छ । म जस्तो अज्ञानीले मूल्याङ्कन गर्न खोज्नु भनेको अन्धोले हाती छामे जस्तो हुनसक्छ ।
(१२) डाक्टर सुरेशराज शर्मा नेपालका कुशल प्रशासक, कुशल व्यक्तित्व भएका होनाहार नक्षेत्र हुनुहुन्छ । उहाँले डा.इन्दुल के.सी.लाई विविध विधाको जानकार भन्नुभएको छ । उच्च शिक्षा हाशिल गर्दै विधिन्न विभाग तथा मन्त्रालयमा काम गर्दै समाजसेवामा निरन्तर लागिरहनुहुने व्यक्तिको रुपमा देखाउनुभएको छ । डाक्टर इन्दुल के.सी.ले हेर्ने, देख्ने तीखा आँखाले सत्य कुराको पहिचान गरेको, सुयोग्य पात्रको रुपमा सबैले स्वीकार गरेको ठानिन्छ जुन सत्य छ ।
(१३) साहित्य तथा भाषाका ज्ञाता शब्दयात्रा प्रकाशन संस्थाका अध्यक्ष हरि मञ्जुश्री एक चम्किला नक्षेत्र हुनुहुन्छ । उहाँले डा.इन्दुल के.सी.लाई सत्यान्वेषक पुरुष भनेर उच्च मूल्याङ्कन गर्नुभएको छ । अन्वेषक त्यो मान्छे हुन्छ, जसले सोध, खोज, अन्वेषण र गवेषण गर्छ । जेहोस् डा.इन्दुल के.सी.चेतनशील प्राणी, कुनै न कुनै खोजकर्ता, अन्वेषक हो, गवेषक हो । यसरी उहाँलाई प्रशंसा गर्नुभएको छ । डा.इन्दुल के.सी.को व्यवहार, बोलिबचन, वाद संवाद तथा कृतिहरुको आधारमा कसीको रुपमा मूल्याङ्कन गर्नुभएको देखिन्छ । जसरी विभिन्न प्रकारका सुनका गहनाहरु वाँडाले निर्माण गर्दछ, फलामको काम गर्ने व्यक्तिले विभिन्न प्रकारका ज्यावलहरु तयार गर्दछ । त्यस्तै कपडा सिलाउने सुचिकारले कपडालाई आवश्यकताअनुसार विभिन्न साइजमा तयार गर्दछ । काठको काम गर्ने सिपालु् कालीगडले एउटा खेर जान लागेको काठको टुक्रालाई बोल्लाकि जस्तै गरी मुर्ति बनाउँछ । त्यस्तै भाषा तथा साहित्यका पारखी हुनुहुन्छ हरि मञ्जुश्री । त्यस्तै पारख व्यक्तिको रुपमा चिनाउन खोज्नु भएको छ हरि मञ्जुश्रीर्ले । उहाँबाट समय, परिवेश, स्थान, विचार, परम्परा, संस्कृति, दर्शन, शिक्षा आदिले सत्यको परिभाषा फरक पर्ने राय व्यक्त भएको छ । डाक्टर इन्दुल के.सी.लाई सत्यभासबाट सत्यतर्पmको यात्रा गर्नलाई सत्याअन्वेषण गर्ने सत्यान्वेषक पुरुष ठान्नुको कारण नै उहाँ विभिन्न प्रकारका भ्रमबाट विस्तारै मुक्त हुँदै गएको आभास मिलेको व्यक्त गर्नुभएको छ । सत्य अन्वोषक व्यक्ति हो भनेर प्रमाणित गर्न खोज्नुभएको छ । मलाई लाग्छ विभिन्न रङ्गका पूmलका मालाहरुले डाक्टर इन्दुल के.सी.लाई उच्च मूल्याङ्कन गर्नुभएको छ ।  
(१४) काठमाडौं विश्वविद्यालयका प्रोफेसर डाक्टर हेमराज काफ्लेज्यूले “मलाई चिन्न चाहने मानिस” शीर्षक राखेरे डाक्टर इन्दुल के.सी.को बारेमा केही बिचार विश्लेषण गर्नुभएको छ । डा. हेमराज काफ्ले साहित्यका एक चिन्तक हुनुहुन्छ । हुन पनि डाक्टर इन्दुल के.सी.को चाहाना नै डाक्टर हेमराज काफ्लेलाई चिन्नु हो हेमराज काफ्लेले डाक्टर इन्दुल के.सी.लाई चिन्नु हो । एक अर्कालाई चिन्न खोजेको आधारमा डाक्टर हेमराज काफ्लेले लेख्नुहुन्छ, “मसँग संगत नगरेकाले सुनेका आधारमा मेरो वद्ख्वाइँ गरेको भए मेरा लागि त्यो पनि गलत हो । केही मानिसले आफ्नो आलोचना त उसलाई राम्ररी चिनिसकेपछि मात्र गर्नुपर्दछ ।” यो भनाइले आपूmलाई पनि छोयो । कसैलाई कालो भन्नुपर्दा अगाडि आपूmलाई ऐनामा हेर्नुपर्दछ । आपूmले आपैmलाई नचिनी अर्कालाई नकारात्मक आसय व्यक्त गर्नु अज्ञानताको परिणाम हो । समाजभित्रका कुँडा कर्कट चिन्न सक्ने व्यक्ति भएभैंm डाक्टर हेमराज काफ्ले पनि समाजभित्रका राम्रा नराम्रा कुरालाई पहिचान गर्दै राम्रो बाटोमा लैजानको लागि प्रयत्न गर्ने व्यक्ति भएको ठान्दछु । उहाँले मानिसको शरीरलाई दुस्मन शरीर भन्नुभएको छ र यसलाई बदल्न सक्ने राय व्यक्त गर्नुभएको छ । स्वास्थ्यलार्ई एउटा चेतनाको रुप ठान्नुभएको छ । दुष्मन र सज्जन मानिसको मूल्याङ्कन व्यवहासँग भर पर्दछ । व्यवहारलाई सुधार्ने काम चेतनाले गर्नुपर्दछ । यसरी उहाँका सबै भनाइलाई दार्शनिक रुपमा हेर्नुपर्ला जस्तो लाग्छ तर मेरो क्षमता छैन ।
(१५) श्री रामप्रसाद तिमल्सिना भन्नुहुन्छ, डाक्टर इन्दुल के.सी.लाई अबिरल वगिरहने व्यक्तिको रुपमा लिनुभएको छ । सानो होस् वा ठूलो जेसुकै भएता पनि सधै वगिरहने पानीको मूलले मानिसको तिर्खा मेट्ने मात्र होइन अन्य खेतीपाती गर्नको लागि भरोसा बन्दछ, हरियाली हुन्छ । त्यस्तो पानी संग्लो हुन्छ तर कहिलेकाहिं बग्ने पानी क्षणिक हुन्छ, धमिलो हुन्छ, दोषी हुन्छ । त्यसलाई तताएर छान्नुपर्दछ । त्यसैले सधैं लेख्नसक्ने समाजका हरेक खाले घटनालाई रचनामार्फत कोर्न पुग्दै समाजभित्रका समाजका होची अर्गेलीलाई पाठकसमक्ष पु¥याउन सक्ने सामाथ्र्यवान अबिरल बगिरहने पानी जत्तिकै डाक्टर इन्दुल के.सी.देखिनुहुन्छ । जुन सत्यताको आधारमा यथार्थ प्रष्ट्याउन खोजेको देखिन्छ । डाक्टर इन्दुल के.सी.को ‘भुइचालो’ नामक कविता संग्रहमा विभिन्न माध्यमबाट नेपाली समाजको राजनीतिक, सांस्कृतिक, प्रशासनिक आदि क्षेत्रको विसंगति र विकृतिलाई राम्ररी केलाइएको छ । सम्पूर्ण नेपालीहरुलाई सतर्क रहन सुझाव दिइएको छ । भुँइचालो हरेक पक्षमा भइरहन्छ जसका लागि सतर्कता, संयमता तथा कर्मयोगी बनिरहनु यसको आसय बुझ्नसकिन्छ ।
(१६) त्रि.वि. पाटन संयुक्त क्याम्पसका प्रा. डा. श्री कृष्णप्रसाद दाहालज्यूले उक्त चौथो आयाम किताबमा रहेको “कवि इन्दुल केसी (झा) का चारवटा कविताको अध्ययन” शीर्षकको निष्कर्षमा भन्नु हुन्छ, “‘व्यक्तित्व र कृतित्वको तेस्रो आयाम’ कृतिभित्र समावेश गरिएका चारवटा कविताहरुको अध्ययन गर्दा कवि केसीभित्र मानवीय संवेदना तीव्र रुपले छचल्किएको पाइन्छ । सरल किसिमका शब्दहरुको संयोजन गरेर गम्भीर प्रकृतिका विषयवस्तुको उठान ती कवितामा गरिएको पाइन्छ । ग्रामीण र सहरी सभ्यताका प्राप्ति र अप्राप्ति केलाउँदै सकारात्मक भावको पक्षमा कविले अनुभूतिलाई बज्रलेप गराएका छन् । उनले तडकभडक र सस्तो लोकप्रियताको धुरी चढ्न पल्किएकालाई कोर्रा लगाएका छन् । गरिबीको सम्मान गर्दै मानवावादको स्थापना गर्न कवि उद्यत रहेका छन् । मानवीय मूल्यमान्यताप्रति धावा बोल्नेहरुलाई उनले डङ्का मारेका छन् । सामन्तवादको भत्र्सना गर्दै समाजवादी मूल्यचेतलाई कविले स्वागत गरेका छन् । उनको कविताको स्वर राष्ट्रियता पनि हो । उनले जस्तोसुकै परिस्थितिमा पनि राष्ट्रियताको मर्मलाई छोड्न नहुने सन्देश दिएका छन् । यस किसिमका भावविन्यासहरुद्वारा केसीका कविता उत्कृष्ट छन् । अभिधा, लक्षण र व्यञ्जनशक्तिद्वारा उनका कविता घनीभूत भएका छन् । धेरै कवितात्मक पङ्क्तिहरु गेयात्मकताको विशेषताले भरिएका छने । यिनै काव्यिक प्रवृत्तिबाट केसीका कविता खरो उत्रेका छने ।”
अन्तमा
    डाक्टर इन्दुल के.सी.ज्युले लेख्नुभएको ‘मेरा दुई शब्द’ नामक शीर्षकमा आपूmलाई कसरी हेरिएको छ ? यही कुरा उहाँले राख्नुभएको छ । मलाई लाग्छ, डाक्टर इन्दुल के.सी. साहित्यमा निकै नै माथि हुनुहुन्छ । मैले उहाँको बारेमा धेरै व्याख्या गर्नु भनेको अग्लो बाँसको टुप्पोमा बसेको सानो चराले यो बाँस मैले नुगाएको भन्नु जस्तो हो । श्रीमद् भागवत गीताका पात्र भगवान कृष्ण र अर्जुन रहेका छन् श्रीमद भागवतको दोस्रो अध्यायको एघारौं श्लोकदेखि अठारौं अध्यायको अन्त्यसम्म थुपै्र सम्वाद र विवादहरु भएका छन् । भगवानश्री कृष्णले विश्वरुप र विराटरुप नदेखाइकन युद्धमा जान तयार भएनन् । के त्यसो भए अर्जुन खासै अनविज्ञ हुनुहुन्थ्यो र ?त्यहाँ भगावन कृष्ण गाई बनेका छन् । अर्जुनचाहिं गाई दुहुने ग्वाला । त्यसैले डाक्टर इन्दुल के.सी.समाजको ग्वाला हो भने समाज चाहिं गाई हो । डाक्टर इन्दुल के.सी.ज्युले आफ्ना रचनाहरु विज्ञ पाठकहरुसमक्ष पु¥याएर कृतिहरुमा लुकेका कतिपय कुराहरुलाई सम्बन्धित कृतिहरुलाई कसरी समीक्षा होला भनेर प्रत्येक व्यक्तिहरुको विवेक र वुद्धिलाई पर्गेल्न खोजेको ठान्दछु । हामीलाई थाहा छ, आगाको ज्योति माथि तिर जान्छ, पानीले आफ्नो सतह आपैैm मिलाउँछ । प्रत्येक पंक्षीहरुको आवाज फरकफरक हुन्छ । फलेको वृक्ष झुग्दछ । फल नलाग्ने वृक्ष ठाडो हुन्छ । विद्वान्हरु कहिल्यै पनि आत्म प्रसंसा गर्दैनन् अरुले गरिदनुपर्छ । डाक्टर इन्दुल के.सी. झुपुक्क फलेर आँपको वृक्ष जस्तै हो । कवि सत्यद्रष्टा हो । साहित्यकार पथप्रदर्शक हो । उहाँका कृतिहरुले पाठकहरुलाई झस्काउँछ जस्तो लाग्दछ । आपूmलाई अनविज्ञ ठानिएको र साहित्यको पारखी होइन भनिएको छ । वास्तवमा डाक्टर इन्दुल के.सी.साहित्य जगतका उज्याला नक्षेत्र जस्तो लाग्दछ । वि.सं. २०७४÷०७५ तिर आपूmले उहाँलाई चिन्न खोज्दै गएको, बिस्तारै उहाँसँगको बस उठले आफू हर्षित भएको छु । साहित्यप्रति अभिरुचि थपेको छ । बोलीचाली, सद्ज्ञान, सदवुद्धिको दाता ठानेको छु । साहित्य रचना गर्ने महापुरुषले आफ्नो कृति समाजमा राख्नका तीन कारण हुन सक्दछन् । चारित्रिक बल प्रत्येक पाठकको हृदयमा पु¥याउन सक्नु हो । अर्को रचनामा उल्लेख गरिएका विषयवस्तुहरुले जीवनमा स्थान राख्न निर्भिक ढंगबाट मनोबल प्राप्त हुन सक्नु हो । तेस्रो पक्ष भनेको देश तथा कालअनुसार युक्ति वा आत्मविश्वासको साथ युगान्तरको लागि उपयोग गर्न सक्नु पनि हो । रचना गरिइएका विषयहरुलाई व्यवहारिक बनाउनुपर्ने हो । पुस्तकहरु भनेका दराजमा थन्क्याउनका लागि मात्र होइन त्यसलाई अध्यययन गरी व्यवहारिक बनाउन सक्नु हो । त्यसैले डाक्टर इन्दुल के.सी.का पुस्तकहरुले समाजलाई युगान्तकारी बनाउन साथ मिलोस् यही मेरो कामना छ ।


 

Comments

ताजा खबर