बाँसबारी क्लबले आफ्नो क्लबको मैदानमा आयोजना गरेको प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको थियो । प्रतियोगितामा १४ वर्ष मुनिका खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा चान्दबाग ए ले कुण्डलिनी स्कुललाई ३ -१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । त्यस्तै दोस्रो खेलमा ख्वपले चान्दबाग बीलाई ४ - १ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

बाँसबारी क्लबले युवा फुटबल खेलाडीको प्रोत्साहन र खेलाडी छनोटलाई मध्यनजर गर्दै प्रतियोगिता आयोजना गरेको हो । क्लबले आफ्नो मैदानको स्तरोन्नति गर्दै अर्को सिजनको बि डिभिजन लिगको लागि आन्तरिक तयारी सुरु गर्न थालेको छ । क्लबले लामो समय देखि युवा परियोजनालाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।...

All Comments.......


Please Login/Register To Comments