के नेपालका शहरहरूलाई साइकलमैत्री बनाउन सकिन्छ ?


कार्तिक २५, २०७८, बिहीबार | विहान ०७:४७ बजे | 15


के नेपालका शहरहरूलाई साइकलमैत्री बनाउन सकिन्छ ?

कमलराज गोसाई
सन् १९५० ताका एम्स्टर्डम मा आर्थिक बृद्धि ले गर्दा मानिस हरुले गाडी किन्न, चढ्न थाले। गाडीको संख्या यत्ति बढ्यो कि सडक कम हुन थाल्यो, सडक दुर्घटना पनि बढ्यो। ठाउँ बढाउन दायाँ बायाँ को घर भत्काउन थाल्यो। तर पनि दुर्घटना काम भएन। १९७० तिर सम्ममा पुग्दा ३००० बढी मानिस एक वर्षमै मरे जसमा बाल बालिका बढी थिए। बाल बालिकाको जीवन बचाऊ, सडक दुर्घटना काम गर, गाडीको संख्या नियमन गर, साईकल को संख्या र साइकल मैत्री सडक बढाऊ जस्ता नारा सहित, आन्दोलन शुरु भयो। एम्स्टर्डम को मेयर को घैंटो मा घाम लाग्यो।
आजको दिन सम्ममा यो शहरमा मानिसको संख्या बराबर (नौ लाख) साईकल छ, गुड्छ। ८०%  बढी मानिस हरु साइकल चढ्छन्, २०%ले मात्रै गाडी चढ्छन्(पैसा नभएर होईन, सरकारले गाडी महंगो बनाएर, गाडी पार्क गर्ने ठाउँ महंगो बनाएर, साईकल चढ्दाको फाइदा देखेर इत्यादि), स्कूल जाने ७५% बाल बालिका हरु साइकल चढ्छन्, २०० वर्ग कि मि भएको यो शहरमा ४०० कि मी त साइकल मैत्री सडक नै छ। त्यसैले यो शहरलाई साइकल मैत्री शहरको राजधानी मानिन्छ। डच् सरकारले साईकल मैत्री सडक सञ्जाल बनाउन करौडौं युरो खर्च त गर्दछ तर अरबौं युरो बचाउँछ पनि। गाडी आयात गर्दा पैसा देश बाहिर गएन, पेट्रोलियम पदार्थ काम आयात भयो, प्रदूषण काम भयो, मानिस हरु स्वस्थ भए, स्वास्थ्यमा अति धेरै लगानी गर्नु परेन, मानिस हरु सन्तुष्ट भए आदि आदि, यसले गर्दा देशलाई चौतर्फी फाइदा भयो।
अब कुरा आयो, हाम्रो देशको। हाम्रोमा यो सम्भव छ, सम्भव छ भनेर युवा हरु लागि परेका छन्। वातावरण मन्त्रालय, वातारण विभाग, र कामनपा, लमनपा मा केही सडक पनि छ, साईकल मैत्री सडक बनाउने योजना बनाउन केही वर्ष अघि छलफल पनि भएको हो (म पनि सहभागी भएको थिएँ)। तर हात्तीको मुखमा जिरा। कसरी साइकल मैत्री शहर बनाउन सकिन्छ होला? आउनुहोस् बहस गरौं।
भर्खरै तेलको भाउ बढ्यो, साईकल मैत्री सञ्जाल को अझै महत्व बढेको छ। कसरी नेपालका शहरलाई साइकल मैत्री बनाउन सकिन्छ? कृपया विचार राख्नुहोस्।


Comments

ताजा खबर