भक्तपुरको सूर्यमढीमा कसिमला पाय् प्रतियोगिता सुरु


कार्तिक २३, २०७८, मङ्गलबार | विहान ११:४७ बजे | 10


भक्तपुरको सूर्यमढीमा कसिमला पाय् प्रतियोगिता सुरु

भक्तपुर । भक्तपुर बचत तथा श्रृण सहकारी संस्था लिमिटेड च्याम्हासिंह भक्तपुरको रजत ्जयन्तीको अवसरमा मंगलबार भक्तपुरको सूर्यमढीमा कसिमला पाय् प्रतियोगिताको उदघाटन गरिएको छ ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले प्रतियोगिताको उदघाटन खेल खेलेका थिए । साथै उक्त अवसरमा अध्यक्ष प्रजापतिले रजत वर्षकोबारेमा जानकारी पनि गराएका थिए ।  
प्रतियोगितामा बिभिन्न उमेरका ६४ जना प्रतिस्पर्धीहरु सहभागी भएको संस्थाका सचिव लक्ष्मीप्रसाद कुसीले जानकारी गराए ।

Comments