भक्तपुरको फुटवल विकासमा सहयोग गरेपछि गोर्खा इको प्यानललाई सम्मान
कार्तिक १९, २०७८, शुक्रबार | विहान ०७:२२ बजे | 0
भक्तपुर । भक्तपुरको फुटवलको विकासमा सहयोग गरेपछि गोर्खा इको प्यानल सम्मानित भएको छ । भक्तपुर फुटवल क्लव÷भक्तपुर ११ ले शुक्रबार भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ईन्जिनियर सुरेश कवांलाई सम्मान गरिएको हो । भक्तपुरकै पुरानो फुटवल खेलाडी एवं २०३२ सालमा स्थापित भक्तपुर ११ नामक फुटवलसँंग सम्वन्धित संस्थाका संस्थापक अध्यक्ष शिवजी श्रेष्ठले सीईओ कवांलाई सम्मान गरेका हुन् ।
नयाँं वर्ष नेपाल सम्वत् ११४२ तथा छठ पर्वको शुभकामना दिन आयोजित कार्यक्रममा गोर्खा इको प्यानलका साथै सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष एवं समाजसेवी श्याम धौभडेललाई पनि सम्मान तथा मायाको चिनो प्रदान गरिएको थियो । साथै निक भुजनिक हाउजिंग प्रालि, आरोही पानी सप्लायर्स, चिकन स्टेशन रियल स्टेट, टष्ट होटल, ख्वप फुटसल, गुरु गणेश लाइट व्लकलगायतलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम आयोजक अध्यक्ष राम प्रजापतिको सभापतित्वमा सम्पन्न भएको थियो ।