अनलाइन कक्षाबाट परीक्षा कतिको प्रभावकारी ?


साउन ६, २०७७, मङ्गलबार | दिउँसो १२:१८ बजे | 0


अनलाइन कक्षाबाट परीक्षा कतिको प्रभावकारी ?
कविन श्रेष्ठ
आजकाल सामाजिक संजाल फेसबुक, टुइटरलगायतका साथै विभिन्न संचारमाध्यम तथा अभिभावकको मुखमा कोरोना भाइरस (कोभिड १९) वाढीपहिरोको समाचार र अनलाइन कक्षा र परीक्षाबारेको चर्चा छ । अनलाइन कक्षा अर्थात् इन्टरनेटको माध्यमबाट हुने कक्षा । त्यसैगरी अनलाइन कक्षाको आधारमा लिन गइरहेको परिक्षा हो । के अनलाइन कक्षा प्रभावकारी छ त ? मैले बुझेको र साथीको अनुसार अनलाइन कक्षा त्यस्तो प्रभावकारी देख्दैन । यो हामीलाई पनि थाहा नै छ नेपालको अधिकाशं विद्यार्थीमा इन्टरनेटको सुविधा छैन । कतिपय स्थानमा विजुलीको पनि राम्रो व्यवस्था नभएको पाइन्छ । यस्तो अवस्थामा अनलाइन कक्षाको आघारमा परिक्षा संचालन गर्नु कतिको सार्थकता छ त । दूरसंचार कार्यलयले विभिन्न डाटा तथा अफर अनलाइन कक्षाको लागि ल्याए पनि कति डाटा र व्यालेन्स हाल्ने यो कोभिडको समयमा । काठमाडौंकै नाम चलेका कलेज तथा स्कुललाई कक्षा संचालन गर्न समस्या परिरहंदा सरकारी तथा साना स्कुल कलेजले कसरी संचालन गर्ने । साथै मोबाइल डाटा प्रयोग गर्ने पनि निकै बढी समस्या देखिन्छ । कतिपय अवस्थामा त नेट नि राम्रोसंग चल्दैन । हामी विद्यार्थी मात्र होइन, शिक्षक तथा शिक्षिकाका लागि पनि त्यस्तै अप्ठारो परेको छ । कतिपय शिक्षकलाई पनि अनलाइन कक्षा चलाउन नआएको पनि देखिन्छ । यस्तो अवस्थामा त्रिविले गर्ने भनिएको परिक्षा अनलाइनबाट लिन सक्ने जानकारी दिएको छ । कोभिड १९ का कारण राम्रोसंग पढन नपाएकाले कसरी परिक्षा दिन्छन् त । यसो हेर्दा काठमाडौ तथा सहरीयालाई मात्र हेरेर यो निर्णय गर्ने लागेको देखिन्छ । हो यस्तो महामारीको अवस्थामा अनलाइन कक्षा राम्रो विकल्प भए पनि अनलाइन परिक्षा गर्ने अलिक अप्ठारो पर्ने देखिन्छ । कतिपय विषय प्राक्टिकल तथा बुझन कठिन पनि हुन्छ । त्यसैले सम्बन्धित निकाय तथा शिक्षा मन्त्रालयले परिक्षा सम्बन्धि उचित निर्णय लियोस् ।
कविन श्रेष्ठ
मध्यपुर थिमि, भक्तपुर

Comments