नेपाल सम्बतमा शंखधर साख्वा


कार्तिक १८, २०७८, बिहीबार | विहान ०९:१२ बजे | 30


नेपाल सम्बतमा शंखधर साख्वा

सरिता तुलाधर, विराटनगर
सबैतिरवाट मान्यता प्राप्त नेपाल सम्बत नेपालको राष्ट्रिय सम्बत भएकोमा नेवार जातिहरु धेरै नै खुशी छ्न्। यो नेवार जातीहरुको लागि गौरवको कुरामा कुनै दुई मत छैन । भक्तपुरका राजा राघबदेवले ११४२ मा नेपाल सम्बतका नायक शंखधर साख्वाले मानिसहरुको ऋण तिरिदिएको हुनाले जसको सम्झना सदैव छाइरहोस भनेर न्हु दयाको दिन देशब्यापी मात्र नभई अन्तर्राष्ट्रियसम्मसमेत यस दिनलाइ विशेष पर्व जस्तै मनाइरहेको छ ।
राष्ट्रिय विभूतिवाट सम्मानित शंखधर साख्वालाई ऐतिहासिक पात्र पनि भन्ने गरेको छ । घरमा ल्याएको बालुवा सुनमा परिणत भएपछि त्यसैबाट जनताको ऋणमुक्त गरिदिएको हुनाले आजसम्म पनि शंखधर साख्वालाइ कसैले नबिर्सी सम्झी नै रहेको छ ।
२०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वालाइ राष्ट्रिय विभूति घोषणा गरिदिएकोले सारा जनताहरु हषिर्त भए । फेरि त्यसैगरी वि. स. २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल सम्वतलाइ राष्ट्रिय मान्यताको घोषणा गरेर अर्को हषोउल्लास दिए जनतालाइ । शंखधर साख्वा भलादमी , समाज सेवी , धर्मात्मा थिए । त्यसैले पनि आज वहाँ प्रख्यात छ।
नेपाल सम्बत नेवार जातिको म्ह पुजाको दिन वहाँको सम्झनामा देशब्यापी –याली निकालेर महोत्सब मनाउने गरेको छ । यो महोत्सव नेपालमा मात्र पनि होइन अन्तर्राष्ट्रिय सम्म पनि नेवार जातिले मनाउदै गरेको छ ।
वहाँको चर्चा परिचर्चा जति नै गरेता पनि कमै हुन्छ । वहाँ काठमाडौका ठुला इमानदारी ब्यापारी थिए । जस्को सम्झनामा नेपालको ठाउँ ठाउँमा अर्थात् चोक चोकमा मुर्ति राखेको छ ।
वहाँको बासस्थान काठमाडौको मरुसत्तलमा अवस्थित थियो भन्ने कुरा आज सम्म पनि प्रमाणित भएको जानकारी छ । कंकेश्वरिमा वहाले एउटा बिशाल चैत्य बनाएको थियो ।जसलाई नेपालका शान्तिका प्रतिक गौतम बुद्धको नाम बाट प्रचलित छ ।र यसमा सबै भक्तावलिहरुले पुजा अर्चना गर्ने गरेको छ ।
इतिहास बिद्हरुका भनाइअनुसार ९३६ तिर काठमाडौंका पशुपति नाथमा शुद्र जातिलाइ प्रबेश निषेध गरेको पनि भनाइ थियो । जस्लेगर्दा मानव हानीको बिरुद्ध बोल्ने भन्ने आवाज निकाल्ने कसैको सामर्थ थिएन । त्यो बेलाको शासन एकदम कडाभन्दा पनि कडा थियो । अहिले बिस्तारै बिस्तारै यो प्रथा हट्दैछ । तर पनि गाउँ घरतिर अलि अलि च अहिले पनि सरकारले जाति बिभेदमा जरिवाना लगाएता पनि गाउँका मान्छेहरुले यो कुरामा सहमत जनाएको छैन ।
शंखधर साख्वाले तिब्बत सङ्ग ब्यापार बढाएको हुनाले शंखधर साख्वा पनि बौद्ध धर्ममा प्रेरित भएर दान दिने प्रेरणा जागेको कारणले नै उ दानबिर हुन पुगे जसको प्रतिफल आजसम्म उनकै नाम अमर रहन पुग्यो । ब्यापारको स्थिति असाध्यै राम्रो भएको कारण सबै जनताको ऋण नै मुक्त गर्न सके । बौद्ध धर्ममा दानको ठुलो भुमिका छ । हुन त जुन पनि धर्ममा दानको महत्व छ तर पनि बौद्ध धर्ममा चै विशेष रहेकोे छ । आफुले आर्जन गरेको सम्पत्तिमा केहि सम्पत्ति दान गर्नाले झन वृद्धि हुन्छ मान्छेमा लोभको भावना कम हुनजान्छ भन्ने भनाइ छ । जस्लेगर्दा आज सन्सारमा बुद्धलाइ नमान्ने कमै होलान् । र सन्सारमा सबभन्दा धेरै बुद्ध कै मुर्ति छन हुनत बुद्धले म भगवान होइन मेरो पुजा गर्न पनि आवश्यकता छैन तर मेरो शिद्दान्त मनन गर्नु ठिक लागे मेरो बाटोमा लाग्नु नलागे केहि छैन भन्नु भएता पनि वहाको नै धेरै अनुयायीहरु छन ।
   पशुपति भित्र रहेको शंखधर साख्वाको सिलामुर्तिलाइ मध्यपुर ठिमिका युवा संस्था ल्याम ः पुच ः को सक्रियतामा तत्कालीन संचार मन्त्रालय अन्तर्गतका कलाकार वत्सगोपाल बैध्धको सहयोगमा शंखधरको प्रतिमुर्तिको प्रारुप संरचना गरिएको हो । त्यसै बेला देखि नेपाल सम्बत ११०८ मा पात्रोको पनि प्रकाशन गरिएको हो । र २०५६ मन्सिर २ गते देखि

बिक्रम सम्बत््लाइ तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले प्रचलनमा ल्याएका हुन् । नेपालको मौलिक राष्ट्रिय सम्बत नेवार समुदायले पाएकोमा नेवार समुदायहरु हर्सोले बिभोर छन । तर शंखधर साख्वाले नेवार जातिकोमात्र भलो गरेको होइन अरु जातिको पनि भलो गरेको हुनाले आज सबै जातिले मानिरहेको छ । तर उ चाहि नेवार भएको हुनाले नेवार जातिले चै बिशेश रुपले वहालाइ अझ धेरै मान्दछ ।
तर नेवार जातिको म्ह पुजा नेपाल सम्बतभन्दा सयौं बर्ष अघि देखि नै मनाउदै आएको थियो । म्ह पुजा भन्नाले नेवार जातिले आफ्नो जिउको पुजा गर्ने भन्ने बुझाइ छ ।
यसदि परिवारका सबै सदस्यहरु एक लस्कर बसेर घरको आमा नत्र बुहारीले पहिला अरु सदस्यलाइ पुजा गर्छ । पुजा गर्दा आफु बस्ने अगाडि पिठोले मन्डप बनाउछ मन्डपको अगाडी नरिवल , बिमिरा सुन्तला , ओखर अम्बक नत्र स्याउ राखिन्छ र लावा फुल कटुस बदाम केहि डलर पैसा पाथीमा राखेर घ्वाल्ल गर्ने चलन छ । यो नेवार समुदायको गौरवको कुरो हो । यसलाई जिउको शुद्धीकरण पनि भन्ने गरेको छ । बुहारी अर्थात आमाले सबैको पुजा गरि सकेपछि फेरि आफुलाइ अरु घरका सदस्यले गर्छ । अनि मिठो मिठो भोज खान्छन् र अण्डा , माछा र रक्सीको सगुन लिनेदिने गर्छ ।
र नेपालीहरुको यसदिन गोबर्धन पुजा पनि पर्छ । छोरा मान्छेहरुले यसदिन घरघर गएर  देउसी खेलेर सबैलाइ मनोरंजन पारिदिन्छन ।
समाजलाइ , देशलाइ योगदान गर्ने मान्छेहरु थुप्रै हुन्छन् तर सबैले आ– आफ्नै किसिमले गरिरहेको हुन्छन। कसैले पैसाले गर्छ भने कसैले मनले गर्छ भन्नुको तात्पर्य धन नभएता पनि मनले गर्छ । कसैको मन भए तापनि मन हुदैन । कसैको मन भएर पनि धन हुदैन यस्तै हो मानिसहरुको स्वभाव । तर देशको सरकारले राम्रो योगदान गर्ने ब्यक्तिलाइ चै सम्मान गर्नैपर्छ असल कार्यको सह्राणनिय रुपले अनुसंधान जसले गर्दा नया पिढिहरुलाइ प्रोत्साहन हुन्छ । नया पिढिहरुले पनि ठुला असल ब्यक्तिले गरेको कामको मुल्यांकन गर्न सक्छ र उनिहरुले पनि राम्रो राम्रो काम गर्नुपर्छ मान्छे भएर भन्ने  कुराको जानकारी हुन्छ । असल ब्यक्तिको छनोटमा हाम्रा शंखधर साख्वा पनि परेको हुनाले आज वहाको नाम बाट देश ब्यापि हर्सोउल्लासका साथ न्हु दया अर्थात नया सम्बत मनाउन गइरहेको छौ ।
शुभाय


Comments

ताजा खबर