शिक्षामन्त्रीलाई सुनाए अभिभावक संघका पदाधिकारीले अभिभावकका समस्या


कार्तिक १०, २०७८, बुधबार | दिउँसो १२:०५ बजे | 5


शिक्षामन्त्रीलाई सुनाए अभिभावक संघका पदाधिकारीले अभिभावकका समस्या

भक्तपुर, कार्तिक १० । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीहरुसहितको प्रतिनिधि मण्डल शिक्षामन्त्री देवेन्द्र पौडेलसंग भेटघाट गरी अभिभावकका समस्याबारे पुल्चोक मन्त्रीक्वाटर पुगेर बुधबार अवगत गरायो ।
उक्त भेटघाट कार्यक्रममा मन्त्री देवेन्द्र पौडेलले अभिभावक माहासंघमार्फत अभिभावकका समस्याहरु आए राम्रो हुने बताउँदै हाँगाविगाँ भन्दा पनि सबैलाई समेत्ने छाता संगठन आए राम्रो हुने बताउनुभयो । उहाँले शिक्षक, अभिभावक, प्रध्यापक संगठन र विद्यालय सबैको छुट्टाछुट्टै प्रतिनिधि आए धेरै जानाहुने भएकोले सबैको समस्या, गुनासोहरु एकै ठाउँबाट प्रतिनिधिमुलक आए राम्रो हुने बताउनु भयो । उहाँले शिक्षामा धेरै कुराहरु आए पाउनु पर्ने महत्वपूर्ण कुराहरु नआउन सक्ने वा छुट्टिन सक्ने भएकोले यहाँ जिज्ञासा बारे छलफल गर्ने बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले माननीय मन्त्रीको कार्यकालको शुभकामना व्यक्त गर्दै संस्थागत विद्यालय प्रथामिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भुमिकाको सरोकार भएको संस्था भएको साथै निजि विद्यायका अभिभावकहरुको समस्या समाधानको लागि दवाव मुलक संस्था र नीति निर्माणमा आम अभिभावकको हितमा काम गर्न यो संस्थाको महत्वपूर्ण भूमिका भएकोले त्यससंग सरोकारको हरेक संघीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक संघलाई सहभागी गराई छलफल, नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानुन निर्माणमा सहभागी गराउन समितिहरुमा राखेर काम गरे अभिभावकका समस्या सम्बोधन हुने र पूर्णता पाउने बताउनु भयो । उहाँले निःशुल्क शिक्षा भनेता पनि सःशुल्क शिक्षाको प्रावधान पनि रहेको हुनाले निजि विद्यालयका साठी सत्तरी लाख अभिभावकका निम्ति, बालबच्चाहरुको लागि गुणस्तरिय शिक्षाको लागि संस्थागत विद्यालय अभिभावक संघ आवश्यकता महशुस गरी एउटै वास्केटमा राखेर नीति निर्माण गरे संस्थागत विद्यालयका प्रतिनिधि नभए अभिभावकका माग छुट्टिने र सम्बोधन नहुने बताउनुभयो ।
कार्यक्रममा उपाध्यक्ष कोष बहादुर जिसिले पहिला कानुनमै दुई वटा अभिभावक संघको प्रतिनिधि भएकोमा अहिले नयाँ कानुनले स्थानीय तहसम्म जान्दा अभिभावकको प्रतिनिधि छुटिएको त्यसैले शुल्क निर्धारणमा सहजता नभएको बताउँदै अभिभावकको प्रतिनिधित्वको लागि अनुरोध गर्नु भयो भने विद्यालय वर्गिकरण,  अनुगमनमा समेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा रहे राम्रो हुने आग्रह गर्नु भयो ।
कार्यक्रममा महासचिव रामचन्द्र सुवेदीले अभिभावक महासंघको आठ वटा विषयगत छाता संगठन भएकोमा संस्थागत विद्यलाय शुल्क निर्घारण, विद्यालय अनुगमनमा सम्बन्धित क्षेत्रको प्रतिनिधि भए उपलब्धि राम्रो आउने बताउनुभयो ।
कार्यक्रममा संस्थागत विद्यालय अभिभावक संघका सचिब रामकृष्ण प्रजापतिले विद्यालय संचालनसंगै शुल्क बृद्धि र गुणस्तरिय शिक्षामा अभिभावकका समस्या, शिक्षक र शिक्षिकाको तलब र विद्यालय स्वयम्का समस्याहरु यस संस्थामा सहजिकरण र समस्या समाधनका कुराहरु लिएर आएको हुनाले यस संघको प्रतिनिधित्व आश्यकता महशुस भएको बताउँदै बहुमत गरिब र हुँदा खाने अभिभावकहरुको हितको लागि राज्यले सम्बोधन गर्न जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा सदस्यहरु रमा गिरी, शुशिला खड्का, नरेश श्रेष्ठको सहभागाी थियो भने माननीय मन्त्री देवेन्द्र पौडेललाई संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले सफलताको कामनाको मायाको चिनो प्रदान गरेको थियो ।

Comments