नेकमा शैक्षिक परियोजना व्यवस्थापन तालिम सम्पन्न


साउन ४, २०७७, आइतबार | विहान ०७:४७ बजे | 10


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा गैरनाफामुलक तवरले संचालित सामाजिक संस्था नेपाल इन्जिनयरिङ कलेजको (नेक) कम्प्युटर विज्ञान तथा इन्जिनयरिङ विभागले विद्यार्थीहरूको लागि दुई विद्यार्थी समुहरूको लागि दुईहप्ते अनलाईन शैक्षिक परियोजना व्यवस्थापन सामग्रिको तालिम सम्पन्न गरेको छ । चारवर्षे अध्ययनको अन्तिम चरणमा सम्पन्न गर्नुपर्ने शैक्षिक परियोजनाका विविध पक्षहरूलाई समेतिने गरी संचालिक उक्त तालिममा कलेजका नौ जना शिक्षकहरूले योगदान गर्नु भएको थियो भने लगभग एक सय ५० जना विद्यार्थीहरू लाभान्वित भएको कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले दिनुभयो ।

[[img2]]
कलेजबाट स्रोतव्यक्तिको रुपमा योगदान दिनुहुने शिक्षकहरूमा सुन्दर कुँवर‚ त्रैलोक्य ओझा‚ नरेश दास‚ कृष्णविक्रम शाह‚ धिरज दास‚ आशिस झा‚ मेनुका महर्जन‚ दिनेश डंगोल र अंशु धिमिरे हुनुहुन्छ ।

फाेटाेमा हेर्नुहाेस्...

Comments