नेकमा अन्तरराष्ट्रियस्तरमा प्राविधिक प्रवचन शुरु


साउन ३, २०७७, शनिबार | विहान ०५:४५ बजे | 20


भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा गैरनाफामुलक तवरले संचालित सामाजिक संस्था नेपाल इन्जिनयरिङ कलेजको (नेक) आर्किटेक्चर विभागले २०७७ असार १४ गतेबाट अन्तरराष्ट्रिय स्तरमा अनलाईन मार्फत प्राविधिक प्रवचन श्रृंखला शुरु गरेको छ । उक्त श्रृंखलाको पहिलो कार्यक्रमका स्रोत व्यक्ति अस्ट्रेलियामा कार्यरत न्युजिलाण्डका आर्किटेक्ट डा. आड्रियान लो ले नेपाल तथा अष्ट्रेलियाका विद्यार्थीहरूको प्रोजेक्ट वर्कको तुलनात्मक विश्लेषण गरेका थिए । विभागीय प्रमुख आर्किटेक्ट न्हसला सायमीको अध्यक्षतामा संचालित कार्यक्रमको संयोजन आर्किटेक्ट स्वेता अमात्य श्रेष्ठले गरेकी थिइन् । २०७७ असार २७ गते सम्पन्न श्रृंखलाको दोस्रो कार्यक्रमका मुख्य स्रोतव्यक्ति नेपालका इन्जिनियर रामशरण श्रेष्ठ र सहायक स्रोतव्यक्ति भारतको पटनाका रामेश्वर सिं थिए । उक्त कार्यक्रममा निर्माण कार्यका नयाँ निर्माण सामग्री विषयमा नेपालको आर्किटेक्चर विषयका विद्यार्थीहरूसंग व्यापक छलफल भएको थियो । श्रावण १० गते हुने श्रृंखलाको तेस्रो कार्यक्रमका स्रोतव्यक्ति अस्ट्रेलियामा कार्यरत आर्किटेक्ट डा. रज्जनमान चित्रकार हुने जानकारी कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठ बताए ।

Comments