निओ फ्यूजनमा मोबाइल फोटोग्राफी तालिम सम्पन्न
असोज २२, २०७८, शुक्रबार | दिउँसो ०२:०१ बजे | 5
भक्तपुर । निओ फ्यूजन स्कुल अफ कम्प्युटरमा मोबाइल फोटोगा्रफी तालिम सम्पन्न भएको छ। शुक्रबार निओ फ्युजनको सभा हलमा मोबाइल फोटोग्राफी, चित्रकला र गीतारमा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण तथा बडा दशैको शुभकामना आदानप्रदान गरी कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा निओ फ्यूजन स्कुलअफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले इनाचोले हरेक वर्ष जस्तै यस वर्ष पनि निःशूल्क विभिन्न कार्यक्रम मध्ये मोवाइल फोटोग्राफी तालिम पनि सञ्चालन भएको बताए। निर्देशक बनमालाले मोबाइल फोटोग्राफीबाट १८ जना, गीतारबाट १५ जना र चित्रकलाबाट १३ जना प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र प्रदान जानकारी गराए ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले शैक्षिक क्षेत्रमा अग्ररुपमा रहेका विद्यार्थी, बुद्धिजिवी, समाजसेवी आदिले एमसीसीको बारेमा चर्चा गरेका थिए। उनले एमसीसी विरोधमा आजैबाट सडकमा आएर आन्दोलन गर्न अनुरोध गरेका थिए । देशमा भैइरहेको कुराजनैतिक, गैरजिम्मेबारी पूर्ण नेतृत्व तथा अयोग्य शासक दलले गर्दा देशको विकासमा बाधा पुगेको उनले बताए। ।
कार्यक्रममा प्रशिक्षक लक्ष्मी श्रेष्ठ, सरला लवजू र सरस्वती श्रेष्ठले पनि आआफ्नो विचार व्यक्त गरेका थिए ।