भक्तपुर । भक्तपुरको रोम्वस स्कुलका  ७ जना शिक्षकशिक्षिकाहरु द मष्ट प्रोमिसिंग टिचर सर्भिस अवार्डबाट विभूषित भएका छन् । विश्व शिक्षक दिवसको अवसरमा उनीहरुलाई मंगलबार एक कार्यक्रम गरी उक्त पुरस्कारबाट विभूषित गरिएको हो ।

विषूतिहरुमध्ये पुनम देशेमरु द मष्ट प्रोमिसिंग टिचर सर्भिस अवार्डका साथै वेष्ट टिचर अफ दी इएर घोषित भएकी छिन् । नेपाल सरकारका पूर्व सहसचिव डा इन्दुल केसीले उनीहरुलाई उक्त पुरस्कार वितरण गरेको थियो ।

द मष्ट प्रोमिसिंग टिचर सर्भिस अवार्डबाथट विभूषित अन्य शिक्षकशिक्षिकाहरुमा तारा खड्का, उमेश सुवाल, सूर्य तिमल्सिना, कृशाला श्रेष्ठ,  पुनम राना र मीनु मगर रहेका छन् । साथै पाँंच वर्ष सेवा अवधि पूरा गरेका तीन जना शिक्षकशिक्षिकाहरुलाई पनि एक कार्यक्रमवीच सम्मान गरियो । यसरी सम्मानित हुने शिक्षकशिक्षिकाहरुमा अमृता ढकाल, अर्चना मानन्धर र सूर्यप्रसाद तिमल्सिना रहेका छन् ।

स्कुलका संस्थापक प्रिन्सिपल डा राजेन्द्र कोजूले शिक्षकहरुलाई प्रोत्साहित गर्न विगत सात वर्षदेखि प्रत्येक वर्ष शिक्षक दिवसका अवसरमा यसरी नै शिक्षकहरुलाई सम्मान गर्दै आएको जनाए । तर पछिल्लो दुई वर्ष कोरोनाका कारण कार्यक्रम गर्न नपाएको पनि उनले स्पष्ट पारे ।
कार्यक्रममा प्रमुखु अतिथि डा केसीले शिक्षकहरुले कर्म गर तर फलको आशा नगर भन्ने भनाई जस्तै निरन्तर कर्ममा लाग्नुपर्नेमा जोड दिए । उनले शिक्षक भनेको गीतामा भने जस्तै व्रम्हा, विष्णु, महेश्वर रहेको बताए ।

कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष सरिता कोजू, भाइस प्रिन्सिपल पुनम राणामगर, विद्यार्थी सरु श्रेष्ठ, विभूषित शिक्षकशिक्षिकाहरुमध्येबाट जनक कार्कीलगायतले आआफनो धारणा राखेका थिए ।
...

All Comments.......


Please Login/Register To Comments