नेक र एनरेनबीच समझारीपत्रमा हस्ताक्षर
साउन २, २०७७, शुक्रबार | विहान १०:१७ बजे | 30
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा गैरनाफामुलक तवरले संचालित सामाजिक संस्था नेपाल इन्जिनयरिङ कलेज (नेक) र नेपाल रिसर्च एण्ड इजुकेशन नेटवर्क (एनरेन) बीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । २०५१ सालमा स्थापित नेकले २०५३ सालमा नेपालको विल्डिङ कोड बनाउनमा योगदान गरी शुरुवाट गरेको शोधकार्य २०७७ मा विरामीलाई औषधि तथा खाना पुरयाउने रोवोट निर्माणसम्म निरन्तर चल्दै आएको छ ।
[[img2]]
२०६४ सालमा सूचना तथा संचार प्रविधि प्रयोग गरी ज्ञानमा आधारित समाज विकास गरी देशको शोधकार्यमा तीव्रता ल्याउने उद्देश्यले स्थापित एनरेनले देश तथा विदेशमा प्रतिस्थित शोध तथा शैक्षिक संस्थाहरूसंग संजाल विकास गरिसकेको छ । विगत केही दशकदेखि प्राविधिक क्षेत्रमा विभिन्न शोधकार्यहरू गरी उल्लेखनीय सफलता हासिल गरेका यी दुई संस्थाहरूबीच भएको समझदारी र यसबाट हुने सहकार्यबाट देशको प्राविधिक शोधकार्य थप उचाइमा पुग्ने कलेजका प्राचार्य प्रा.डा. हरिकृष्ण श्रेष्ठले विश्वास व्यक्त गरे ।