इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने


असोज १५, २०७८, शुक्रबार | विहान ०७:२१ बजे | 30


इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा ख्वप इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र २०७७÷७८ मा एम.ई. इन अर्थक्वेक र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन विषयअन्तर्गत  स्नातकोत्तर तहमा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष रोहितले इन्जिनियरहरुले राष्ट्रको विकासको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिनुहुँदै आफूमा भएको सीप, ज्ञान र कुशलताको उचित उपयोग गरेर समाज र देशको हितको निम्ति काम गर्नुपर्ने बताउनुभयो ।
वैदेशिक सहयोगमा भएका सम्पदा पुनःनिर्माण र विकास आयोजनाले देशको सार्वभौमिकतामाथि असर पु¥याएको बताउनुहुँदै अध्यक्ष बिजुक्छेँले अनुशासन र इमानदारिता नै भक्तपुर नपाबाट सञ्चालित कलेजमा पढेका विद्यार्थीहरुको पहिचान भएको बताउनुभयो । उहाँले शिक्षा क्षेत्रमा गरेको लगानी कहिल्यै पनि खेर नजाने बताउनुहुँदै स्थानीय तहहरुले कलेज तथा विश्वविद्यालय सञ्चालन गरेमा व्यापक जनताले सस्तो र गुणस्तरीय शिक्षा पाउने बताउनुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुमा समाज र देशको निम्ति काम गर्ने भावना हुनुपर्छ भन्नुहुँदै इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुमा इमानदारिताको खाँचो आंैल्याउनुभयो ।
स्थानीय तहले सञ्चालन गरेको ख्वपअन्तर्गतका कलेजबाट देशभरिका विद्यार्थीहरुले उच्च शिक्षा हासिल गर्ने अवसर पाएको बताउहुँदै उहाँले देशका मुख्य मुख्य पदमा बसेका व्यक्तिहरुको सोचमा परिवर्तन नआएसम्म समाज रुपान्तरण हुन गा¥हो हुने बताउनुभयो ।
भक्तपुर नपाले सञ्चालन गरेका कलेजहरु सेवामुखी भएको बताउनुहुँदै उहाँले समाजको निम्ति चिन्तन गर्ने जनशक्ति पूर्ति गर्न यी कलेजहरुको स्थापना भएको बताउनुभयो ।
कलेजका व्यवस्थापन समितिका उपाध्यक्ष एवम नगरपालिकाका उपप्रमुख रजनी जोशीले अर्थक्वेक र अर्बान डिजाइन र कन्जर्भेसन विषयको महत्वबारे प्रष्ट पार्नुहुँदै पुर्खाले सिर्जेको सम्पत्ति संरक्षण र सम्बद्र्धनमा यी विषयहरुले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले नेपालमै पहिलो पटक स्नातकोत्तर तहमा अर्थक्वेक र अर्बान डिजाइन विषयको अध्यापन ख्वप इन्जिनियरिङ कलेजबाट सुरु भएको र सम्पदा संरक्षण तथा सभ्य सहर निर्माणमा यी विषयहरु महत्वपूर्ण विषयको रुपमा रहेको बताउनुभयो । कार्यक्रममा एम.ई. इन अर्थक्वेक विषयका विभागीय प्रमुख मन्जिप शाक्य र एम.एस.सी. इन अर्बान डिजाइन र कन्जर्भेसन लिवास फैंले विषयत जानकारी दिनुभयो ।



Comments