पिएसजीद्धारा सिटी फ्रेन्च २–० ले पराजित
असोज १३, २०७८, बुधबार | विहान ०३:१७ बजे | 5
काठमाडौं । च्याम्पियन्स लिगमा इङ्गलिस क्लब म्यानचेस्टर सिटी पराजित भएको छ। मंगलबार राति भएको खेलमा सिटी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पिएसजी) सँग २–० ले पराजित भएको हो।
पिएसजीले खेलको आठौं मिनेटमा नै अग्रता बनाएको थियो। उसका लागि इड्रिसा गुआइले गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको पिएसजीले दोस्रो हाफमा थप एक गोल थप्यो। यसपटक भने मेस्सी नायक बने।
उनले ७४ औं मिनेटमा गोल गर्दै टोलीको जित लगभग सुनिश्चित बनाएका थिए।बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले चार खेलमा पहिलो गोल गरेका हुन्।