सुन्दर भविष्यको


साउन १, २०७७, बिहीबार | विहान ०६:४२ बजे | 30


 लेखक ः कुमार लघु
 सवै नेपाली सुन्दर भविष्यको पर्खाईमा छौँ
कोरोना र वाढि पिडितको कहरले त्रासमा छौँ
यो वेला अघोषित युध्दले आक्रान्त र भयमा छौँ
देसमा गतिलो नेता, राष्ट र देसभक्तीको देखिन्छ
देसमा अशान्ति,देस भित्र र बाहिर शीत युध्द
देस बचाउने नेता नेतामा आन्तरिक कलह छन्
एकले अर्कामा विश्र्वासको भयले ग्रशीत छन्
नेताहरू रातमा वरवराउछन् दिउँसो झै
र्फसी,इस्कुस कुहिरहेको गलेको के काम ?
हनुमानहरू लिपुलेक र लिम्पियाधुराको कुरा खोई ?
यता उठायो रामराम को हेर गतिमति विग्रेको सोचे काम कुरो एकातिर कुम्लो बोकि थिमीतिर
यस्ताले अन्तराष्टिय कूटनीति चलाउन हो  ?
हनुमान भक्तहरू खुसी र हौसिएका छन् त ?
 सवै मिलि कोरोना र वाढि पिडितसंग जुध्दने ?
आफ्ना पार्टीका नेता र कार्यकर्तासंग त मिलेन
देसमा अरू पार्टीकासंग कसरी आस गर्ने
पार्टी नेताहरूमा नै काताकात छन् देसमा
अरू पार्टी शीत मिल्न सकलाउन हो?
माकर्सवाद र लेलिनको सिदान्त अध्ययन खोई ?
 माकर्सवादले नेतालाई झूठ वोल्न भनेका छैन
साँचो साँचो वोलेर कार्य नीतिमा उतारेर पो
राजनीतिले जनता सेवा गरेर देशभक्ती वन्नुपर्ने
राष्टवादी भने,भष्टाचारमा सम्लग्न भएर काहाँ ?
देसको सेवक हुन्छ त्यो तत्काल छल सेवक
अर्काले आफू वनाउने होईन,आफै राम्रो भएर
तब जनताले नेतृत्वमा सरिक गर्न अनुरोध आउँछ
एक पटक हो मात्र गर्ने हो भने त्यो वाघवाद हो
कयौ  पटक स्थापित हुने हो भने असल नेता  ?
वेलामा  नै जनता सजग नभए कुसमय आउँछ ।       
ढाँट,झूठ,चाप्लुसिले र गुण्डा तालले एकै पटक
जनता बिसौ शटाव्दीका भैसकेको छ, हो यादगर
जनता अहिले पनि परिवर्तनको भोकोछन् तिब्र
 ठूला वाघ मैदानामा लडेर दुवो निमोठेला कि ?
यहाँ परिवर्तन ल्याउन दुस्ख खानेहरू जनता हुन्
पाटे असंख्य वाघहरूले मोजमष्टीले रजाई गरे
जनता आकाशको फल आँख तरेर मरिरहेका ?
सुन्दर भविष्यको कल्पनाको चकना चुरछन त !
 जे जस्तो भए पनि भविष्यको आसावादी छौँ
अनुपम सुन्दर भविष्यको उपहारको परखाईमा ।
व्यासीस्(२, नेपाल
२०७७र३र३१ गते

Comments