ख्वप सर्कलबाट प्रकोप व्यवस्थापन कोषमा सात लाख वढी रकम जम्मा
असार ३१, २०७७, बुधबार | विहान ०९:१४ बजे | 15
भक्तपुर । ख्वप सर्कल अन्तर्गतको तीन वटा कलेजहरुले कोरोना संक्रमण कोषमा सात लाख भन्दा वढी रकम जम्मा गरिदिएको छ । सर्कल अन्तर्गतको ख्व्प मावि, ख्व्प कलेज र शारदा क्याम्पस मावि देकोचा भक्तपुरले संयुक्त रुपमा सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं जम्मा गरिदिएको हो । यी तीनवटै शैक्षिक संस्थाहरु भक्तपुर नगरपालिका वडा नं ६ चाँंगुरोड दोकाचा भक्तपुरमा एकैस्थानमा रहेका छन् ।
नेपाल सरकारले जारी गरेको निर्देशनअनुसार कार्यरत शिक्षक तथा कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिकमा पारिश्रमिक कटी गरी कोरोना संक्रमण कोषमा जम्मा गरिएको कलेजले जनाएको छ । सहप्राध्यापकहरुको सात दिन, उपप्रध्यापक, पूर्णकालिन वी शिक्षक र अधिकृतस्तरका कर्मचारीहरुको पाँंच दिन, पूर्णकालिन सी र मासिक आधारका शिक्षकहरुको तीन दिन र सहायकस्तर तथा श्रेणीविहीन कर्मचारीहरुको तीन दिन गरेर कर्मचारीहरुको असार महिनाको मासिक पारिश्रमिक कटी गरी रकम जम्मा गरिदिएको ख्वप कलेजले जनाएको छ ।
ख्वप कलेजका एक सय ६१ शिक्षक कर्मचारीहरुबाट पाच लाख तीन हजार नौ सय चार, ख्वप कलेजका ८२ जना शिक्षक कर्मचारीहरुबाट दुई लाख २५ हजार सात सय ५८ र शारदा क्याम्पस उच्च माविको एक एकजना शिक्षकबाट ६ हजार सात सय ३० रुपैयाँं गरी कुल सात लाख ३६ हजार तीन सय ९२ रुपैयाँं कोषमा जम्मा गरिएको जनाइएको छ ।
ख्वप माविमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटै संकायमा कक्षा ११ र १२ को पढाई हुन्छ । पाँंचवटै संकायमा पढाई हुने सम्भवतत यो भक्तपुरको एउटै मात्रै मावि हो । ख्वप कलेजमा पनि विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षाशाश्त्रमा स्नातकदेखि स्नातकोतर माष्टर्ससम्मको पढाई हुन्छ । साथै शारदा क्याम्पसमा माविमा पनि ११ र १२ देखि माष्टर्ससम्मको पढाई हुन्छ । यी कलेजहरुमा झण्डै देशभरिका विद्यार्थीहरु अध्ययनरत छन् ।