सून्य विकल्प!


असोज २, २०७८, शनिबार | विहान ०३:०८ बजे | 95


सून्य विकल्प!

अनन्तराज बज्राचार्य

कलैयामा खानाखाँदै गर्दा खाना थप्न आएका भाइको टि–शर्टमा जे लिखिएको थियो, त्यसले मेरो ध्यान तान्यो। मैले एकछिन है भाइ, म फाटो खिच्छु भनेर मोबाइलको क्यामेरा तेर्स्याइ हालें। त्यही टि–शर्ट पछाडी लेखिएको अर्को वाक्यांश पढेपछि भने ति भाइसंग कुरा नगरि बस्न सकिन। खाना भ्याएपछि काम सकाएर आराम गरिरहेका ती भाइसंगै कुरा सुरु गरें।
घर कलैया नै हो भाइ?
हो ।
उ सायद कुरा गर्ने मुडमा थिएन । छाटो मै कुरा टुङ्गयाए।
कलैयाकता नि? मैले तुरुन्तै अर्को प्रश्न गरें।
यहिं नजिकै बैरिया ।
संगै रहेका अर्का मेरा एक सहकर्मीले थपे । कलैया १० मा पर्छ सर।
मैले अर्को प्रश्न गर्न नपाउँदै ति भाइ बोले।
म बाहिर काम गरेरै फर्केको हो।
संभवत मैले उसको टि–सर्टमा लेखिएको बाक्यांश खिचेकोले हुनु पर्छ मैले उसंग के बिषयमा सोधि खोजी गर्न चाहेको भनेर उसले अनुमान गर्न भ्याए! त्यसपछि हाम्रो वार्तालाप सहजै अगाडि बढ्यो।

कलैया उपमहानगरका रैथाने मिश्र परिवारका छोरा बृजेस बुवा, आमा र बहिनीसंगै बसेका छन्। उ एक्लैको कमाईबाट उसको परिवार चल्ने रहेछ ।त्यसैले उ थोरै तलवमा भएपनि भोजनालयमा वेटरको काम गरिरहेको छ । कुराकानीको क्रममा बृजेसले भने।
यहाँ पैसा नै कमछ । अनि काम पाउन पनि गाह्रो। उता कन्स्ट्रक्सन कम्पनीमा काम गर्दा खाएर–पिएर पनि महिनामा ४० हजार बचाउन सकिन्थ्यो।

विश्वब्यापी कोरोना भाइरसको संक्रमणले गर्दा समस्त विश्व नै आर्थिक मन्दीको चपेटामा परेपछि मलेसिया पनि अछुतो रहने कुरै भएन। मलेसियामा पनि लकडाउन भयो र कम्पनी नै बन्द भएपछि त्यहाँ कार्यरत सयौं नेपाली कामदार लगायत अन्य देशका त्यहाँ काम गर्न गएकाधेरै मानिसहरु बेरोजगार भए। कोहि बृजेस जस्तै घर फर्के त कोहि त्यहिं केही होला कि भनेर अल्मलिए।
आफ्नै ठाउँमा केही गर्ने सोचका साथ स्वदेश फर्किएका बृजेस अहिले आफुले भनेजस्तो सोचेजस्तो काम नपाए पछि फेरि बिदेशमा नै श्रम बेच्नजाने सोच बनाइसकेका छन्। उसको सोचसंग उसले लगाएको टि–शर्टको अगाडि–पछाडी पोतिएको बाक्यांश यति बेला ठ्याक्कै मिलेको छ – जे गर्छु नेपाल मै गर्छु, नसके बिदेश जान्छु।
[[img2]]
विदेशमा नै रोजगारीका सम्बन्धमा यस्तो “सून्य विलल्प” को अवस्था नेपाल र नेपालीको लागिन याँ कुरा पक्कै होइन।  यस्तै एउटा बाध्यताले जकडिएको जीवनगाथा मैले आजभन्दा २० वर्षजति अगाडिहोला मुस्ताङ्गको लार्जुङ्ग गाउँमा सुनेको थिएं । आजफेरि त्यहीयुवा रामुको अनुहार झल्झली आँखामा घुमिरहेको छ । यहाँ यतिबेला मेरो मुस्ताङ्गयात्राको त्यही एउटा पाटो जोड्न मन लाग्यो। २० वर्ष अघिको त्यो समय र अहिलेको समय अनि त्यति बेलाका हिमालय क्षेत्रका युवक रामुको ब्यथा र अहिले मधेशका यी युवक बृजेशको ब्यथा बिच देखिएको एकरुपताको कथा जोड्न मन लाग्यो।

दुई दशकको समय बित्यो। म युवा अवस्थाबाट बयस्क हुँदै अब जीवनको आधा उमेर ढल्कने अवस्थामा पुगिसकें। देशको राजनितिक प्रणालीको गन्जागोल बिच कयौं प्रधानमन्त्री फेरिए, मन्त्री फेरिए, सांसद फेरिए । उनिहरुका आर्थिक हैसियत फेरिए, उनिहरुका मुहार फेरिए। तर बिडम्बना ! जे फेरिन्छ भनि तिनै नेताले भनेका थिए, त्यो जहिंका त्यहिं रहयो। नेपाली युवाको ब्यथा फेरिएन। उनीहरुको अवस्था फेरिएन। समग्र देशको मुहार फेरिएन । आजतिनै युवाको कथा सम्झंदैछु। त्यो कथाभित्र लुकेका ब्यथाहरु सम्झंदैछु। ती ब्यथालाई लिपीवद्ध गर्ने कोशिस गदैछु। दुई दशकमा पनि नफेरिएको नेपाली युवाको ब्यथा कोर्दैछु।

थकालीहरुको १२ वर्षे मेलाको सिलसिलामा त्यहाँको संस्कृति अनि परम्परालाई समेटी बृत्तचित्र बनाउने कामको लागिमलाई मुस्ताङ्गजाने अवसर मिलेको थियो त्यतिबेला। त्यहिं त्यसताका कान्तिपुर टेलिभिजनमाकार्यरत भाइ प्रदिप कसपालसंग भेटभयो। हामीदुई भाइलार्जुङ्गको एउटा घरमा बसेका थियौं।

बिहानीको समय। बाहिर हिउँ परिरहेको रहेछ ।बाहिर मानिसहरु हल्ला गरेको आवाज सुनिन्थ्यो। प्रदिपले झ्यालखोलेर टाउको निकालेर हे¥यो।
वाउ .... दाइ! बाहिर त हिउँ परेको रैछ ! जाउँ ...!
प्रदिपको उत्सुकता देखेर म पनि ज¥याकजुरुक्क उठें । काठमाडौंका केटाहरुलाई हिउँ देखेपछि के चाहियो! जीवन मै पहिलो पटक हिउँसंग त्यसरी खेल्ने रमाउन पाउने भएका थियौं। हामी दुबै एक्साटेड ! हामीे हिउँमा रमाउन र त्यो रमणिय दृश्य क्यामेरामा कैद गर्न हतार थियौं।
हिउँकहाँ जान्छा र बाबू? तात्तातो च्याखा’र जाउ!
घरकी मुलिबोजुले भन्नु भयो। चुल्होमा चियाबनाउँदै बसेकी घरकी एक्लिबुहारी (हामीले भाउजु भनेर सम्बोधनगथ्र्यौं) मुसुक्कहाँस्नु भो। आगोमा बसालिएको भाँडाबाट चियाहाल्नु भो। मैले लेन्स खोलेर हाम्रो कुराकानी अनि गतिविधी क्यामेरा कैद गर्न थालें। मलाई मुस्ताङ्गको जनजीवन समेटी एउटा भिडियो स्टोरी पनिबनाउनु थियो।
रामु, दाइहरुलाई चिया देउ ल्हा।भाउजुले रामुलाई अहउनु भयो ।
ति भाउजुका पति पनि खाडी जानु भएको ७ वर्ष भैसकेको रहेछ । एक पटक पनि फर्कनु भा को रहेनछ । अघिल्लो रात हामीलाई खानाखुवाउँदै आफ्नो दुःखपोख्दै हुनुहुन्थ्यो भाउजु ।
भुई पुछिरहेका रामु आफ्नो काम रोकेर भिजेको हात आफ्नै पाईंटमा पुछ्दै हामीलाई चिया सर्भ गर्न तिर लागे। रामु घरको काम सघाउन बोजुले सानै देखि घरमा छोरा जस्तै गरेर राखेको नजिकको गाउँको केटो रहछ ।बिहान उठ्ने बितिकै सबै घरपुछपाछ गर्नेदेखि लिएर भाउजुलाई घरको काममा सघाउने, भान्छाको लागि जंगलबाट काठ–दाउरा ल्याउने, हिउँ परेर घरको छाना झ्याप्पछो पिंदा हिउँ पन्छाउने, घरमा आएका हामी जस्ता पाहुनाको आवश्यकता बुझी सहयोग गर्ने आदि सबै काम रामुको जिम्मामा रहेछ । त्यसैले उ दिनभरी जसो नै ब्यस्त रहन्छ ।

चिसो मौसम मानून र घ्यु हालेको तात्तातो चियाको स्वाद गजब थियो अनि मेरो लागिनयाँ स्वादपनि। चियाले शरीर न्यानो बनायो। चियाखाँदै रामुसंग गफिन मन भयो मलाई।
[[img3]]
रामु, तिमी २५ वर्षका त भयो होला है?
कहाँहुनु ... भर्खर १९ हो ।
यो सानै थियो। २ वर्षको होला। आमा कता गाथाहौं न।यसको बा बिदेश गा को उतै के भो क्या रे फर्केन। म¥यो रे भने सुनेको। अनिमैले यसलाई ल्हेर आ को।
बोजुको कुरा सकिन नपाउँदै रामुले भन्यो।
मैले त थाहापाए देखि नै बोजु नै हो । बा–आमा को हो थाहा छैन मलाई।
कुराकानी केही इमोसनल हुन लागेपछि मलाई प्रसंग बदलुं कि जस्तो लाग्यो।
अनि रामु, हामिलाई लार्जुङ्ग गाउँ घुमाउने होइन त?
खाना खाएर जंगलजानु छदाउरा लिन।
जंगलकतिटाढा छ त?
उ माथि हो । १ घण्टा जति हिंड्नु पर्छ।
हामी पनि जान्छौं नि तिमीसंग जंगलमा।
जंगलजाने? ...रामुले अचम्म मान्दै भन्यो । के छ रत्यहाँ?
किन हामी जानहुन्न र? कि विशेषछ?
रामु मुसुक्क हाँस्यो। हुन्छ जाने बेला भनौंला।

चिया खाएर हामी हिउँसंग रमाउन र त्यहाँका रमणिय दृष्य कैद गर्न तिर लाग्यौं। रामु पनि सरसफाई सकाएर छानामा जमेको हिउँ सफा गर्ने काम गर्न थाल्यो। हिउँमा रमाउन र त्यहाँको रमणिय दृश्य क्यामेरामा कैद गर्ने काममा ब्यस्त हुँदा रामुसंग जंगल जान बनाएको योजना हामीले बिर्सिएछौं। हामीफर्कंदा बिचरा रामु भाइ खाना खाएर हामीलाई पर्खेर बसेको रहेछ । बन्चरो र नाम्लो लिएर उ हिंड्न तयार थियो।

दाइ, ढिला भयो छिटो खाना खानुस्! फेरि साथी पनि बोलाउनु छ ।
सरि है भाइ, हामीले त बिर्सिएछौं।
अहिले फर्कन ढिला हुन्छभनेर हो ।

खानाखाएर हामी जंगलतिर लाग्यौं। नजिकै रामुको साथी महेशको घररहेछ । महेश पनि आएपछि जंगलजाने हामी चार जनाभयौं। रामु भन्दा महेस अझ रंगिन स्वभावको थियो। चार युवाहरु जंगलको बाटो, युवा गफन हुने कुरै भएन ।त्यसमाथि भाइ प्रदिप पनि रंगिन स्वभावको, महेशसंग ठ्याक्कै जोडिमिल्यो। प्रदिपले कुरा खोतल्न खोज्यो।

अनि तिमीहरुको गर्ल फ्रेण्ड छैन त?
मेरो त अहिलेसम्मछैन। यसको त छ ।बिहे गर्दैछ यो। महेशले भन्यो।
गर्ल फ्रेण्डको कुरा निस्कने बितिकै रामुको मुहारमा भिन्नै चमक आएको हामीले महसुस गर्यौं। मलाई थप कुरा खोतल्न मन भयो।

ओहो! रामु बाटोमै भेटिने त होइन तिम्रो गर्लफ्रेण्ड ?
कहाँ भेटिनु? उ त अर्कै गाउँको ?
ए! भनेपछि भेटघट छैन ?
होइन, कहिलेकाहिं म जान्छु पारी गाउँमा।
म रामुसंग गफिनलागें। उता महेश र प्रदिपको आफ्नै गफचलेको थियो। चुरोटको सर्को तान्दै दुबै उकालो चढ्दा हामीभन्दा केही ढिला हिंडेको थियो।
कति चाँडै हिंडेका बुढा ...! प्रदिपले मलाई गिज्याएर बुढा भन्ने गथ्र्यो । अहिले त उ परिवार सहित अमेरिका सेटल भइसकेको छ क्यारे !
चुरोट फालेर खुरुखुरु चढ न मोरा! उकालो चढ्दा पनि धुवाँ उडाउने अनि के सक्थ्यौ हिंड्न ? आइज बिस्तारै!
प्रदिप र महेश धुँवा उडाउँदै थकाई मार्दै थियो। हामीभने उकालो लाग्यौं। मैले फेरि कुरा कोट्याएं।
अनि नभेट्को कति भयो त?
१–२ महिनाभयो नि दाइ। न्याश्रो लागि सक्यो।
किन न गा को नि पारी गाउँ?
गएपनि भेट्न गाह्रो । उसको बुवाले मार्छ।
ए , कुरा मिल्याछैन भनेपछि।
मसंग राम्रो काम नभएर हो दाइ। ...अब भगाउने हो ।
पैसाछैन भन्छौ। भगाएर चाहिँ कसरी के खुवाएर राख्ने नि?
नभगाए के गर्नु त दाइ ? अरुले उडाइदेला!
हामी दुबैजना हाँस्यौं । अनिआउन मान्छ त ? मैले थप जिज्ञासु भएं ।
उ त तयार बसेको छ ।
हैन क्या, पैसा त चाहियो नि!
बिहे पछि खाडी जाने हो दाइ!
बुढी छोडेर ?
अब के गर्नु त? अरु उपाय छैन । यहाँ सबैको यस्तै हो ।
के ?बिबाह पछि बुढी छोडेर खाडी जाने ?
हो । घर पनि हेर्ने हुनु पर्यो नि ।
ए ......! म ना जवाफ भएं ....

समस्या रोजगारी कै रहयो। बीस वर्ष अगाडिपनि र अहिले पनि । चाहे त्यो मधेशमा होस् या पहाडमा या हिमालमा नै किननहोस् । रोजगारीको राम्रो अवसर नभइदिंदा वर्षौंदेखी नेपाली युवाहरु बिदेशिन बाध्यछन्। मधेशका बृजेशको पनि बाध्यता त्यही छ रहि मालपारिको गाउँ मुस्ताङ्गका रामुले पनि अरु विकल्प केही देखेन।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रकाशन गरेको <!--[if gte mso 9]><xml> Normal 0 false false false EN-US X-NONE X-NONE MicrosoftInternetExplorer4 </xml><![endif]--><!--[if gte mso 9]><xml> </xml><![endif]--><!--[if gte mso 10]> <style> /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:"Times New Roman"; mso-bidi-theme-font:minor-bidi;} </style> <![endif]-->Nepal Labour Migration Report 202 मा प्रकाशिततथ्यांकअनुसार सन् १९९३÷९४ मा बैदेशिक रोजगार बिभागले ३६०५ जनालाई बैदेशिक रोजगारीको लागिअनुमती दिएको देखिन्छ । यो संख्या दस वर्षपछि सन् २००३÷२००४ मा हेर्दा बढेर१०६६६० पुगेको देखिन्छ भने २०१३÷२०१४ मा आएर ५१९६३८ पुगेको देखियो ।सन् २०१३÷२०१४ पश्चात २०१७÷२०१८ र २०१८÷२०१९ मा आएर बैदेशिक रोजगारिको यो तथ्यांक घटेर क्रमस ३५४०९८ र २३६२०८ पुगेको देखिएको छ । उक्त रिपोर्ट अनुसार नेपालबाट सन् २०१७÷२०१८ मा १३२ र सन् २०१८÷२०१९ मा १२८ राष्ट्रमा जान नेपालीहरुले अनुमती लिएको देखिएको छ जसमा सन् २०१७÷२०१८ मा ९२ प्रतिसत नेपालीले मलेसिया, कतार, युएइ, साउदी अरेविया र कुवेतका लागि अनुमती लिएका थिए ।सन् २०१८÷२०१९ मा भने ८८ प्रतिशत नेपालीले कतार, युएइ, साउदी अरेबियाका लागि अनुमती लिएको पाइएको छ ।

स्वदेशमा नै रोजगारीको अवसर नहुनु अनि भएका औद्योगिक कल कारखानाहरु धरासायी हुँदै जानुका कारण नेपालीहरु,बिशेषतःन्यून आय भएका परिवारका युवाहरुको लागि स्वदेशमा रोजगारीको सून्य विकल्प भएको तथ्यनकार्न सकिँदैन। सरकार अनिअन्य सरोकारवाला निकाय, संघसंस्थाहरुले अझै पनि देश मै रोजगारीको अवसर सृजना गर्न र आवश्यक नीति निर्माण सहित सरकारको तर्फ बाटै कुनै ठोस प्रभावकारी रोजगारीको स्किम ल्याएर प्रभावकारी कार्यान्वयन नगरे देशको युवा शक्ति बाहिरिने क्रम रोकिने देखिदैन।  

फाेटाेमा हेर्नुहाेस्...

सून्य विकल्प!
सून्य विकल्प!

Comments