भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन नेपाल सरकारसँग इसानको माग
असोज १, २०७८, शुक्रबार | विहान ०८:५५ बजे | 45
भक्तपुर । संस्थागत विद्यलाय संघ नेपाल (इसान) ले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन नेपाल सरकारसग माग गरेको छ । साथै, सबै विद्यार्थीलाई कोभिड विरुद्धको खोपको सुनिश्चितता समेत गर्न इसानले जोडदार माग गरेको छ छ ।
इसानका केन्द्रिय अध्यक्ष प्रेमजन थापा श्रेष्ठ विज्ञप्ति प्रकाशित गरी स्वास्थ्य सुरक्षाका आवश्यक आवश्यक मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको हो ।
‘सीसीएमसीले स्थानीय तहहरुले आफ्नो मातहतमा रहेका शैक्षिक संस्थाहरुमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसग समन्वयन गरी भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वातावरण मिलाउन सक्ने परिपत्र जारी गरेको छ । परिपत्र अनुसार स्वास्थ्य सुरक्षाका आवश्यक आवश्यक मापदण्ड पूरा गरी विद्यालय सञ्चालन गर्ने वातावरण बनाउन हामी नेपाल सरकारसँंग माग गदर्छाै, प्रकाशित विज्ञप्तिमा भनिएको छ ।
२०७६ चैत्रदेखि हालसम्मको कोभिडको कारण विद्यालयहरुका यातायातको साधन संचालनमा नआएको हुनाले यातायात कर, धुवापास कर, बिलबुक नविकरण छुट र बिमा नविकरण थप तथा गाडी नचलेको अवधिलाई शून्य कायम गरी बैंक तथा वित्तिय संस्थाबाट ऋणमा लिइएको विद्यालय गाडीको ऋणमा व्याज मिनाहा गरी दिन पनि सरकारसंग इसानले माग गरेको छ ।
कोभिड– १९ महामारीको कारण करिब डेढ वर्षदेखि भौतिक रुपमा विद्यार्थीको पठन–पाठन हुनसकेको छैन । यसको प्रत्यक्ष नकरात्मक असर विद्यार्थीमा परेको छ । अनलाइन कक्षाको प्रभावकारिता अत्यन्तै न्युन छ । अनलाइन कक्षा सञ्चालनको निम्ति शिक्षक तथा विद्यार्थीको निम्ति आवश्यक भौतिक पूर्वाधार तथा सहज इन्टरनेटको व्यवस्था छैन । महामारीकै बेला साना संस्थागत विद्यालयहरु सदाको निम्ति बन्द हुने स्थिति छ भने ती संस्थामा कार्यरत शिक्षक तथा कर्मचारीले रोजगारी गुमाउनु परेको छ ।
चलचित्र हललगायत मनोरञ्जन स्थलहरु खुल्ने तयारीमा छ भने विभिन्न व्यवसाय र गतिविधि खुकुलो भएको छ । तर, भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्नेबारे सरकारको ध्यान गएको छैन । सरकारले एकातिर भौतिक उपस्थितिमा पठन पाठन गर्न–गराउन नपाउने भनेको छ भने अर्कोतर्पm पठनपाठन गर्नैपर्ने भए नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भन्दै छ । यसबाट विद्यालय, विद्यार्थी तथा अभिभावक अन्योलमा छन् ।
फाेटाेमा हेर्नुहाेस्...