सेवा निबृत शिक्षक समाजको अध्यक्षमा अम्विकामान मानन्धर चयन


भदौ ३१, २०७८, बिहीबार | विहान १०:०३ बजे | 5


सेवा निबृत शिक्षक समाजको अध्यक्षमा अम्विकामान मानन्धर चयन

भक्तपुर । सेवा निबृत शिक्षक समाज भक्तपुरको अध्यक्षमा अम्विकामान मानन्धर चुनिएका छन् । समाजको दोश्रो साधारणसभाबाट मानन्धरको अध्यक्षतामा १९ सदस्यीय नयाँं कार्यसमिति चुनिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रामगोपाल कर्माचार्य, सचिवमा शेरबहादुर ङाखुसी, कोषाध्यक्षमा विश्वराम कवां, सहसचिवमा पशुपतिमान थकू, सहकोषाध्यक्षमा सुन्दरमान शाक्य चुनिएका छन् ।
यस्तै सदस्यहरुमा निवर्तमान अध्यक्ष नाति कवां, धीर्जबहादुर कायष्ठ, विश्वनाथ प्रजापति, रामशरण खानिबञ्जार, चन्द्रकान्ता प्रजापति, सजीव था श्रेष्ठ, ज्ञानसागर प्रजापति चुनिएका छन् । साथै रत्ककेशरी कक्षपति, अमोकरत्न शाक्य, गंगा शर्मा, तुल्सीराम ग्वाछा र रामभक्त कोजू सदस्यमा चुनिएका छन् । एकजना सदस्य पछि थप्ने निर्णय भएको नवनिर्वाचित उपाध्यक्ष रामगोपाल कर्माचार्यले बताए ।
नवनिर्वाचित अध्यक्ष अम्विकामान मानन्धर यसअघि उपाध्यक्ष रहेका थिए । साथै निवर्तमान अध्यक्ष नाति कवां विदेशमा रहेकाले उनले कार्यबाहक अध्यक्षसमेत चलाएका थिए । नवनिर्वाचित उपाध्यक्ष रामागोपाल कर्माचार्य यसअघि सचिव थिए । नवनिर्वाचित सचिव शेरबहादुर ङाखुसी यसअघिको कार्यसमितिमा थिएनन् । साथै नवनिर्वाचित कोषाध्यक्ष विश्वराम कवां यसअघिको कार्यसमितिमा पनि कोषाध्यक्ष नै थिए । यसअघि साधारणसभाको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।  
सेवा निवृत शिक्षक समाज शिक्षण पेशावाट सेवा निवृत भएका शिक्षकहरुको संगठन हो । ‘हामी अझै सवल छौ’ भन्ने नाराका साथ दुई वर्ष अगाडि यो संस्था खोलिएको थियो ।

Comments