एवीसीडीमा प्रकाशित पाठक प्रतिक्रियाको भक्तपुर नगरपालिकाको प्रतिक्रिया जस्ताको तस्तै
भदौ २३, २०७८, बुधबार | विहान ०६:४४ बजे | 75
श्रीमान् प्रमुखज्यू,
भक्तपुर नगरपालिका, भक्तपुर ।
महोदय,
उपरोक्त सम्बन्धमा मिति २०७८ भाद्र १८ गते एवीसीडी अनलाईन खबर र भाद्र २० गते “ङातापोल” दैनिकको पाठक–पत्रमा प्रकाशित भ्रमपूर्ण समाचार सम्बन्धमा निम्नानुसार स्पष्ट पार्न चाहन्छु ।
मिति २०७५।१२।१२ गतेको भक्तपुर नगरपालिकाको बोर्ड बैठकको निर्णय अनुसार मलाई ड्राइभर इन्जार्जको जिम्मा दिए अनुसार मैले निरन्तर आफ्नो कर्तव्य पालना गर्दै कार्य गर्दै आएको छु । यस नपाको विग्रिएका फोहरमैला ओसार्ने गाडी र ट्राईसाइकलहरु मर्मत गर्न आफूले निरीक्षण गरेर मात्र निवेदनमा सिफारिस गर्दै आएको श्रीमान प्रमुखज्यू समक्ष जानकारीको लागि अनुरोध गर्दछु । ड्राइभरहरु इन्चार्ज नतोकिएको समयमा गाडी मर्मत गराउन सजिलो भएको तर अहिले गाडी मर्मत गराउन जानकारी निवेदन दिनुपर्ने भनी गुनासो गर्दछ । त्यसबेला इन्चार्ज नभएको समयमा आफूखुशी गाडी मर्मत गरी बील भर्पाई पेश गर्दै आएको हाल इन्चार्जद्वारा मर्मत गर्नुपर्ने हो होइन राम्रोसँग निरीक्षण गराएर मात्र पेश भएको निवेदनमा सिफारिस गर्दै आएको हूँ। गाडीको मोबिल फेरी सर्भिसिङ्ग गर्न गाडी गुडेको किलोमिटर चेक गरी सो अनुसार मोबिल फेर्न उपयुक्त समयमा सिफारिस गर्दै आएको समेत अनुरोध गर्दछु । ट्राइसाइकल तथा फोहोर उठाउने गाडीहरुमा क्षमताभन्दा बढी फोहोर लोड गर्नाले गाडीको इन्जिन र स्प्रिङ्ग पट्टा भाँचिने गरेको देखिएको छ। तथापी त्यस्ता निवेदन आउँदा मर्मतको लागि सिफारिस गर्ने गरेको छु ।
श्यानिटेशन शाखा प्रमुख, ड्राइभर इन्चार्ज र ड्राईभरहरु बीचमा समन्वयको आवश्यकता महशुस भएकोले बेला बेलामा छलफल गर्न आवश्यक ठानेको छु ।
निवेदक बुद्धिनारायण सुवाल