सगरमाथा आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन ड वाल सुरु


भदौ २०, २०७८, आइतबार | दिउँसो ०१:३० बजे | 0


सगरमाथा आरोही कल्पना महर्जनको अगुवाईमा तीज अन ड वाल सुरु

काठमाडौं । सगरमाथा आरोही कल्पना महर्जनको अगुवाईमा आइतबारदेखि काठमाडौंको धुमबाराहीमा तीज अन ड वाल सुरु भएको छ । पासाङ्ग ल्हामु स्र्पोट्स क्याम्बिङ्ग सेन्टर धुमबाराहीमा क्लाइम्विंग गर्ने कार्यक्रम सुरु गरिएको हो । योजना अनुसार एक हप्तासम्म त्यहाँंँ तीज मनाउने महिलाहरुले शशुल्क विशेष छुटमा क्लाम्विंग गर्न पाउने छन् ।
माउण्टेन एडभाइन्चर स्पोटर्स एकेडेमीको आयोजना, एक्सपेरिमेन्ट आवट डोस नेपालको सहयोगमा कार्यक्रम सुरु गरिएको हो । संस्कृति र साहससंगसँंगै साहस वटुल्दै अघि वढ्दै आजका नारी नाराका साथ कार्यक्रम सुरु गरिएको हो ।
कार्यक्रम संयोजक सगरमाथा आरोही मर्हजनले तीजलाई अलि फरक तरिकाले मनाउने सोच राखेर तीजको अवसरमा तीज अन ड वाल सुरु गरेको जनाइन् । कार्यक्रम अनुसार उनले आइतबारदेखि शुक्रबारसम्म तीज फरक तरिकाले आफू मात्रै नभई अरुलाई पनि मनाउन लगाउँंदै क्लाइम्विंग गराउँंदै छिन् ।
योजना अनुसार उनले क्लाइम्विगको कार्यक्रम सुरु गरेकी छिन् । पासाङ्ग ल्यामु स्पोर्ट क्याइम्बिङ्ग सेन्टर धुमबाराही काठमाडौमा तालिम सुरु गरेकी हुन् । तालिमबाट उठेको रकमलाई  बालविवाहको अत्य गर्ने अभियानमा प्रयोग हुने उनी बताउँछिन्। उनले यस तीजलाई सारी विनाको तीज भनेर पनि भनेकी छिन्।
पासाङ्ग ल्हामु स्र्पोट्स क्याम्बिङ्ग सेन्टरका संञ्चालक मिलन तामाङ्गले महिलाले चाहेको खण्डमा जे पनि गर्न सकिने सन्देश दिन कार्यक्रम चलाएको बताए। उनले महिलाले तीजमा नाच्ने गाउनुको साथसाथै यस्तो नयाँ नयाँ साहसिक काम पनि गर्न सक्छ भन्ने अनुभव बढुलेर पनि मनाउने सकिने सुनाए।
तालिममा सहभागी मलिका डंगोलले नयाँ अनुभव बटुल्न तालिममा सहभागी भएको बताइन्। उनले डरको साथ साथै खुसी पनि भइरहेको सुनाइन्।  त्यस्तै तालिममा सहभागी सुश्मा खनालका अनुसार क्याइम्बिङ्गको भिडियोहरु हेर्दा त सकिन्छ जस्तो लागेको थियो, तर यहाँ आइसकेपछि क्याइम्बिङ्ग गर्ने देख्दा डर लागिरहेको बताउँछिन्। उनीहरुको यो पहिलो पटको अनुभव बटुल्न आएको जनाएको छ। नेपालको पहिलो महिला सगरमाथा आरोही पासांङ्ग ल्हामु शेर्पा थिइन्।



Comments