लक्ष्मी कोजू, च्याम्हासिंह
भक्तपुर नगर सदातारको टापुबाट विभुषित नगर हो । पारदर्शी नेपालमा सम्पूर्ण कर्मचारी र जनप्रतिनिधिहरुले हस्ताक्षर गरी भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा नेपाल मजदुर किसान पार्टीको लक्ष्य अनुसार काम गरेको साथै अहिलेसम्म असार १९ र श्रावण २ भ्रष्टाचारबिरुद्ध दिवस मनाउँदै आएको पार्टी हो । अहिले पनि भक्तपुर नगरपालिकामा सम्पूर्ण जनप्रतिनिधिहरु नेमकिपा कै छन् । हिजो सुचिकृत नक्सा दर्ता गर्न जान त्यही नगरपालिका नजिक ढुङ्गेधारा नजिक पाटीमा आरम गरिरहँदा सफाईका ड्राइभर हेल्पहर एक आपसमा बेथितिका कुराहरु सुन्ने । त्यसैले यो पाठक पत्र लेखेँ । ताकि जनप्रतिनिधिहरुलाई जानकारी होस् ।
नगरपालिकाले २०५७ सालमा एसियाको १० वटा सफा सहरमा पर्न सफल नगरपालिका हो । नेमकिपाले भक्तपुरलाई सरसफाईमा नमुना बनाउने सोचले काम गरिरहेको छ । त्यसैले त्यहाँका कर्मचारीहरुले सफाई काम आफ्नो निजी घरको काम ठेक्का नै जस्तो गरी काम गर्नुपर्ने अवस्था रहेको छ । त्यसरी काम गर्दापनि अहिले नगरपालिकामा ड्राइभरहरु तनावमा रहेको कुराकानीबाट थाहा पाएँ । कुरो के भने नगरपालिकाले सफाई गाडी मर्मत गर्न हेड ड्राइभर भनेर बुद्धि नारायणलाई जिम्मा दिई मर्मत गर्नु परे हेड ड्राइभरसंग सोधेर अथवा निवेदन लेखेर दस्तखत गरे पछि मात्र बनाउन पाउने चलन रहेछ । गाडी विग्रियो भने गाडी बनाउन हेड ड्राइभर नमान्ने अनि सफाई भएन भने श्यानिटेशन शाखा प्रमुखले कार्यवाही गर्ने । यसरी दुई ढुङ्गाको बीचको तरुल जस्तै चेपुवामा परेको सुन्न पायो । त्यति मात्र होइन, अहिले नगरपालिकाको आयश्रोतको रुपमा रहेको विदेशी पर्यटन शुल्क नउठ्दा खर्चमा मितव्ययी बनाउन खोजेको हुनुपर्छ तर अहिले गाडीको स्प्रिङ्ग पट्टि भाँचेको बनाउँदा स्प्रिङ्ग पट्टिको पच्चीस सय र मर्मत ज्याला पच्चीस सयको विल आउँछ । तर पहिला स्प्रिङ्गपट्टिमा नै ज्याला जोडेर अठाईस सयको बील आउँन्थ्यो । यसले भ्रष्टाचार भयो कि मितव्ययी भयो भने ड्राइभरहरु कराउँदै थियो । त्यतिमात्र होइन ट्राइसाइकल बनाउँदा इष्टिमेट विल पँन्ध्र सयमा पाँच हजारको विल आएकोमा सो बारे निरीक्षकमार्फत प्रमुखज्यूमा खबर गरेको त उल्टो हेड ड्राइभरलाई देखाउन भनेको कुराहरु गरिरहेको सुने । त्यतिमात्र होइन ड्राइभरहरुको आसय पन्ध्र सयमा पाँच हजारको विल आउने हेड ड्राइभरले कमिशन नै खाएको हो कि ? भने आशंकामा कुरा गरेको पाएँ । त्यस्तै ड्राइभरहरुको कुराकानीको सिलशीलामा हेड ड्राइभर पनि पनि श्रेणी विहिन कर्मचारी हो तर श्यानिटेशन शाखा प्रमुखलाई दिलिप चा भनेर ड्राइभरहरुको आगाडि होच्याएर कुरा गरेको शाखा प्रमुखलाई सुनाउँदा निरह प्रस्तुत भएको भने अनि जिन्सि शाखा प्रमुखले गाडी बनाई दिनु भनी हेड ड्राइभरलाई अनुनय विनय गर्नुपर्ने त्यत्रो पावर कहाँबाट आयो ? के मेयरको गाडी चलाउँदैमा त्यत्रो पावर हुने भनेर समेत करायो ।
पारदर्शी नगरपालिका र नमुना सरसफाईको नगर बनाउने हो भने ड्राइभरहरुले हेड ड्राइभरमाथि आशंका गरिरहेको मेटाउन बैठक राखी समस्या समाधान गर्नुपर्नै हुन्छ । ड्राइभर हेल्परहरु काम भन्दा पनि मानसिक तनाबमा काम गर्नुपर्ने हिनताबोधले काम गर्न बाध्यता भएको महशुस भएको छ । जसरी शरीरमा सानो क्यान्सर भए काटेर फाल्नु पर्ने हुन्छ, त्यसरी नै त्यस्ता असंतोषका कुराहरु समय मै समाधान भए अवश्य लक्ष्यमा पुग्न सकिन्छ । समयमै सचेत गरौं ।

...

All Comments.......


Please Login/Register To Comments