अब भोट हालिँदैन
असार २७, २०७७, शनिबार | विहान ०६:४९ बजे | 5
डा.राजेन्द्र कोजू
शासन विधिले चेल्ने हो । तपाईको विचारधारा अनुसार राजनीति गर्नु र संगठन गर्नु एउटा पाटो हो तर विद्यमान नियम कानूनलाई आफनो विचारसंग अनुघुलन गरी जनतालाई र देशलाई अधिकक्तम हीत कल्याण गर्नु सरकारको नेतृत्व गर्ने नेताको कर्तव्य, दायित्व र जिम्मेवारी हो । आफनो मान्ने े विचारका आधारमा आफनो व्यवहार कार्य संस्कार देखाउन सक्छ वा शासन सधै देशको मूल कानून संविधानको कर्म र धर्म अनुसार नै गर्ने हो र गर्नुपर्छ ।
के यस्तो भइरहेको छ त ?
नेपालको राजनीतिक अवस्था अत्यन्त तरल रहयो । अत्यन्त तिव्र गतिमा राजनीतिक व्यवस्था परिवर्तन भइरहयो । जसले गर्दा कुनै पनि नीति तथा कार्यक्रमले स्थिरता र निरन्तरता पाऊन सकेन । मान्छे परिवर्तन हुने वित्तिकै नीति तथा कार्यक्रम नै परिवर्तन हुने र सरकार पनि परिवर्तन भइरहने, मन्त्री पनि परिवर्तन भइरहने अवस्थाले गर्दा कुनै पनि कार्यक्रमले गति लिन पाएन । जसको असर जनतालाई परेको छ । यसको एउटा उदाहरण निजी तथा सँंस्थागत विद्यालयको हो । राज्यको कानून वमोजिम खोलिएका निजी विद्यालयले गुणात्मक प्रगित र यसले दिने गुणस्तरीय रिजल्ट र राम्रो नतिजाका कारण वढेको व्यापक जन आकर्षणलाई तेजोवोध गर्न विभिन्न प्रयास हुँदै आएको छ । आफ्नो वैचारिक विमति राख्न पाईन्छ । विरोध र आलोचना गर्न पाइन्छ तर नितिगत विभेद र विध्वंश गर्न मिल्दैन । कानूनी राज्यका हिमायती हामीले कानून अनुसारको व्यवहार प्रदशर्न गर्ने हो । के नेपालको कानूनमा निजी विद्यालय खोल्नु र निजी विद्यालयमा कार्य गर्नु गैरकानूनी भनी परिभाषित गरेको छ ? निजी विद्यालयमा गरिएको लगानी विदेशीको लगानी हुन् ? वास्तवमा संविधान अनुसार सरकार संचालन गर्न चुनेर पठाएका हुन् । व्यवस्था परिवर्तन गर्न त हिजो सडकमा संघर्ष गरे, जिन्दावाद र मूर्दावादको नारा लगाई जनप्रदर्शनमा साथ दिए । तर अहिले त, चुनावबाट जिताएर पठाउनुको अर्थ कानून र संविधान बमोजिम शासन गर भनेर न पठाएको हो । कानून हातमा लिई आफ्नो वैयुक्तिक रुची, चाहना अनुसार कार्य गर्न त पठाएको पक्कै होइन । यो देशको कानूनको आँखामा सवै नागरिक वरावर हुन् । लगानीका आधारमा , ठाउँको आधारमा, पदका आधारमा, जागिरका आधारमा विभेद गर्नु हुन्न । कोभिड १९ ले यो देशका सवै मानिस आक्रान्त छन् । निजी विद्यालयका संचालक, शिक्षक किन तलव पाईरहेको छैनन् । यसमा राज्य जिम्मेवार बन्नैपर्छ । राज्यले अभिभावकीय भूमिका निभाउनै पर्छ । राज्यका सम्पूर्ण क्षेत्र र निकायको अभिभावक सकरकार नै हो ।

भोट हालिँदैन अव
यदि सरकारले निजी विद्यालयका शिक्षक कर्मचारीलाई वास्ता गरेन भने अवको चुनावमा भोट हालिने छैन । वहिस्कार गरिनेछ । नेपालभरी करिव ३ लाख शिक्षक कर्मचारीले भोट नहाल्दा १०, १२ जना समानुपातिक साँसदको जागिर चैत हुने निश्चित छ । तसर्थ निजी विद्यालयका शिक्षक कर्मचारीलाई नजर अन्दाज गर्न मिल्दैन ।

लगानीका आधारमा किन विभेद ?
नेपाल सरकारको सोच उदेकलाग्दो छ । विदेशीहरुलाई नेपालमा गर्न आव्हान गर्छ । त्यतिले नपुगेर लगानी डुब्न नदिने र कुनै खतरा भएमा त्यसमा क्षतिपूरण गर्ने जिम्मा सरकारले लिन्छ भनेर विदेशीलाई बककगचभ गर्ने तह हाम्रो लगानीलाई किन भत्ताभुङ्ग पार्न खोजिन्दैछ ? सरकार किन सधै विदेशी प्रभुहरुलाई खुसी पार्न काम गर्छ । के नेपालका सम्पूर्ण नेताहरु विदेशका एजेन्ट वा दलाल नै मात्र हुन् ? के तिनीहरु सवै विदेशले पालेका कर्मचारी हुन् ?

प्रतिस्पर्धाको अर्को नाम निजी विद्यालय हो ।
निजी विद्यालय प्रतिस्पर्धाको पर्याय हो । वाँच्न्का लागि संघर्ष भने डार्विनको सिद्धान्त लाई निजी विद्यालयले स्वीकारेको छ । जव सम्म युग सुहाउँदो समयको माग अनुसारको शिक्षा दिन सक्छ , तव सम्म मात्र विद्यालयले आफ्नो अस्तित्व कायम गर्न सक्दछ । सरकारी विद्यालयमा एकजना पनि विद्यार्थी नभए पनि ८ , १० जना स्थायी शिक्षकहरुको जागिर बचाउनका लागि वर्षौ सम्म साइनवोर्ड झुण्डयाइरहेको हामी देख्छौं । तर , निजी विद्यालय बन्द गर्न संचालकहर हिच्किचाउँदैनन् । आफ्नो औचित्य पुष्टि गर्न नसकेपछि खाली भवन कुरेर तलवको भीख मागेर बस्दैन । तसर्थ प्रतिस्पर्धाद्धारा आफ्लाई स्थापित गर्न सकुञ्जेल मात्र निजी विद्यालय कायम हुने हो । तसर्थ निजी विद्यालय क्षेत्रलाई वारम्वार चिमोटिरहनु पदैन । सिंहमर्मरको ढुङ्गालाई धेरै हिलो छ्यापेर दु ः ख गर्नुहुन्न । एक वाल्टिन पानी फालेपछि सफा भइहाल्छ ।

निजी विद्यालय नयाँ शिक्षाको संवाहक हो ः
निजी विद्यालय नयाँ शिक्षाको लागि प्रकाश स्तम्भ सावित भएको छ । शिक्षामा नयाँ नयाँ प्रयोग भित्रयाउन सक्रिय रहन्छ । शिक्षाप्रतिको आकर्षण वढाउनको लागि विभिन्न प्रयोग गर्दै आइरहेको देखिन्छ । देश विदेशमा गरिएका नयाँ नयाँ अभ्यासलाई आत्मसाथ गर्दै विद्यार्थीको सार्वाङ्गिन विकासका लागि निजी विद्यालय सधै क्रियाशिल रहने गर्दछ ।

विश्व वजारका लागि सुहाउँदो जनशक्ति उत्पादन
निजी तथा संस्थागत विद्यालयले २१ औ शताव्दीका लागि उपयोगी जनशक्ति निर्माणमा टेवा दिइरहेको छ । भाषा, प्रविधि, सीप र कलायुक्त, विद्यार्थी निर्माण गरी अध्ययन पछि कार्यक्षेत्रमा खरो उत्रन सक्ने विद्यार्थी निर्माणमा निजी विद्यालयले महत्वपूर्ण भूमिका निर्भाह गर्दछ ।
निजी विद्यालय शिक्षाको सौन्दर्य हो ।
देखाउन लायकको आकर्षक र स्वभायमान जनशक्ति उत्पादन गर्ने काममा निजी विद्यालयको महत्वपूर्ण योगदान रहेको छ । संसारमा प्रतिस्पर्धी विद्यार्थी निर्माण गर्न सक्ने क्षमताकै कारण यसको लोकप्रियता वढ्दै गएको हो । मन्दिरको सौन्दर्य त्यसको गजुर, त्यसमा सिंगारिएका कला, शिल्पीका कारण हुन्छ । त्यसरी नै नेपालको शिक्षाको सौन्दर्य निजी विद्यालयम भेटिन्छ ।

व्यावशायिकता र शिक्षा ः
शिक्षालाई व्यावशायिकतासंग जोड्नुपर्छ । बजार संग जोड्न सक्नुपर्छ । जसरी कृषि व्यावशायीकरण नभए सम्म कृषि क्रन्ति सम्भव भएन, त्यसरी नै शिक्षालाई व्यवसाायिकरण गरेपछि मात्र क्रान्तिकारी परिवर्तन भयो । मानिसले आफ्नो सीप, क्षमता र योग्यताका १००% प्रयोग गरी शैक्षिक उत्पादन को गुणस्तरमा वृद्धि गरे । वहुआयामिक प्रतिभा, सीप, योग्यता र क्षमता भएका विद्यार्थी उत्पादन गरी नेपालको शैक्षिक, पिछडाको युग अन्त गरे । तव नेपालको शैक्षिक गुणस्तर सुधार आयो ।
यसको क्रेडिट निजी विद्यालयलाई जान्छ । तर निजी विद्यालयलाई व्यापारिकरणको आरोप लाग्यो । यद्यपी यो सेवामूखि क्षेत्र हो । असल सेवा र सन्तुष्टि दिईएमा मात्र निजी विद्यालय चल्छ । सरकारले मानिसको क्षमताका आधारमा विद्यालय छनौट गर्ने अवसर समेत दिई निजी विद्यालय संचालन गर्न दिएको हो । निजी विद्यालय जार्नेपर्ने वाध्यकारी व्यवस्था पनि छैन र सरकारीले मानिसका आवश्यकता पूरा हुने अवस्था नभए पछि विकल्पको व्यवस्था पनि गरेको छ । तसर्थ निजी विद्यालयको विरोध गर्नुपर्ने कुनै कारण छैन ।

खाए खा नखाए घिच हुनुहुँदैन ः
मानिसका रुची, चाहना र क्षमता भिन्नभिन्न हुन्छन् । समानताका नाममा विकल्प विहिन बनाउने र छनौटको अधिकार नदिनु प्रजातन्त्र वा लोकतन्त्रको मान्यता होइन । समानताका नाममा खाए खा , नखाए घिच गर्दा मानिसमा प्रतिभा प्रस्फुटन हुने वातावरण नवन्न सक्छ । तसर्थ सवैखालका सम्भावताको ढोका खुला गरी आवश्यक नियमन गरी निजी र सरकारी सवैलाई समानान्तर ढङ्गले अगाडि वढ्न दिनुपर्छ ।