नुगः घाः कथासङग्रह किताब नियाल्दा
भदौ १४, २०७८, सोमबार | दिउँसो ०२:२९ बजे | 50
कथाकार श्री पशुपतिमान पःमां (प्रधान)ज्यूका ११ वटा कथाहरूको सङग्रह ‘नुगः घाः’ शार्षकको पुस्तक मैले पढने मौका पाएँ । किताबको आवरण पृष्ठमा नेपाल भाषाबाट नुगः घाः लेखिएको छ । यस पृष्ठमा एउटा बुढो मान्छे हातले लौरो समातेको, नेपाली टोपी, दौरा, सुरुवाल र इस्टकोट, जुत्ता लगाएको, शिर निहुराई थकाइ मार्न घरको बाहिरी पेटीमा बसिरहेको छ । आकाशमा एउटा हवाइजहाज उडानमा रहेको कलाकार युवक श्रेष्ठको आवरण चित्रले किताबमा सङग्रहित कथाहरूको भन्डै सबै छनक दिइरहेको देखिन्छ ।
यस किताबको सन्दर्भमा भन्नुपर्दा निम्न विशेषताहरू रहेको पाएँ ।
१. वाङमय शताब्दीपुरुष संस्कृतिविद डा. सत्यमोहनज्यूकै निवासमा उहाँबाटै लोकार्पण हुनु ।
२. एउटै किताबमा ११ वटा कथाहरू ३ वटा भाषाहरू नेपाल भाषा, नेपाली भाषा र अङग्रेजी भाषामा प्रकाशन हुनु ।
३. यो किताबमा रहेका ३ वटा भाषामा रहेका ११ वटा कथाहरूलाई निम्नअनुसारको तालिकामा प्रस्तुत गरियो भने एकैचोटि पाठकले शीर्षकहरूको तुलनात्मक रूपमा हेर्न सक्नेछन् ।
तालिका
क्र.सं. नेपाल भाषा नेपाली भाषा अङ्ग्रेजी भाषा
१. जि याक म एक्ली ःभ ष्ल क्ष्कयबितष्यल
२. नुगः घाः चोट (दुखाइ) ब्नयलथ
३. त्वय्कन हिस्सियो द्यबााभिम ज्यउभ
४. क्वाःजः स्पर्श ऋयलमभकअभकष्यल
५. दान दान भ्थभ म्यलबतष्यल
६. वाध्यता वाध्यता इदष्निबतष्यल
७. लयेँःलुगु बाखं बाटामा पाएको कथा त्जभ क्तयचथ ायगलम यल तजभ धबथ
८. झसुकाः सुस्केरा क्ष्नजष्लन
९. रूपा रूपा च्गउब
१०. लक्ष्मीपुजा लक्ष्मी पूजा ीबहmष् एययवब
११. गज्यागु फन्दा कस्तो फन्दा ध्जबत ब म्ष्झिब
४. एउटै कथासङग्रह तीनवटा भाषामा एउटै पुस्तकका रूपमा प्रकाशन भएको सम्भवतः यो पहिलो हो ।
५. कथाकारले आफ्नो कथासङग्रह समर्पण त्यस्ता साहित्यकारहरूलाई गर्नुभएको छ जसले आफ्नो भाषा र साहित्यलाई विकास गर्न आफ्नो जीवनलाई समर्पित गर्नुभएको छ । प्रत्येक लेखकहरू आफ्नो किताब पाठकहरूले पढुन भन्ने चाहना राख्तछन । किताबहरू लेख्नेले आफ्ना किताब आफ्ना मातापिता, पतिपत्नीलाई वा अन्य कसैलाई समर्पित गरेको पाइन्छ । तर पशुपतिमानज्यूले यो किताबलाई समर्पण गर्नुभएको प्रक्रियालाई उहाँको आफ्नो मातृभाषा र साहित्यप्रतिको अपार श्रद्धा अनुकरणीय उदाहरण मान्नुपर्छ ।
६. उक्त किताबमा निम्न लिखित अग्रलेखहरू ४ वटा रहेका छन् –
ड्ड श्री विमल ताम्राकारको कुत प्रकाशनबाट प्रकाशित लेख ।
ड्ड नेपाल साहित्य मन्दिरका अध्यक्ष श्री तिलकप्रकाशको नुगःघाः दुनेया वाखंया वाखं अर्थात यस कथासङग्रहभित्र रहेका कथाहरूको कथा ।
ड्ड समालोचक श्री इन्द्र मालीको समीक्षा नुगःघाः वर्तमान समाजको अनुहार ।
ड्ड कथाकारज्यूको जिगु धापू (आफ्नो भनाइ)
उक्त तालिकाको नं. ५ मा दान नेपाल भाषा र नेपालीमा तर अङ्ग्रेजी भाषामा भ्खभ म्यलबतष्यल लेखिएको छ । उक्त कथामा बास्तवमा मृत्युपश्चात दाहसंस्कारको प्रक्रिया सुरु हुनुभन्दा पहिले अरूको हितका लागि आँखा नदेखी दुःख पाइरहका कसैले आँखाले देखेर नयाँ जीवन पाउने कुराको चर्चा भएकाले यो कथाको शीर्षक केवल दान मात्र नलेखी आँखा दान राखिनु राम्रो हुने मलाई लाग्छ ।
७. कथाकार पशुपतिमानले आफ्ना ११ वटा कथाहरूलाई सर्वप्रथम आफ्नो मातृभाषा नेपाल भाषामा तयार गर्नभयो । पछि यी कथाहरूलाई नेपाली भाषामा अनुवाद पनि गर्नुभएको छ । यसरी उहाँ एक सफल भाषा अनुवादक पनि हुनुहुन्छ भन्ने परिचय दिनुभएको छ ।
८. किताबमा सङग्रहित कथाहरूलाई अङग्रेजी भाषामा वरिष्ठ साहित्यकार श्री ज्ञानकाजी मानन्धर, श्री ध्रुवराज कर्णजीत, श्री हरिशङ्कर मानन्धर तथा सुश्री प्रीति तपोलज्यूले अनुवाद गर्नुभएको हो । म भाषाविद नभएकाले यहाँ प्रयोग भएका ३ वटा भाषाहरूबारे मैले केही भन्ने लेख्ने दुस्साहस गर्न चाहन्न । नेपाली भाषाका अनुवादलाई एक सामान्य पाठकको दृष्टिले हेर्दा मलाई कथाकारको लेखन भाषा सरल शुद्ध रूपमा रहेको पाएँ ।
९. श्री पशुपतिमान पःमांको ‘नुगः घाः’ कथाहरूलाई लिएर सङक्षेपमा निम्न कुरा चर्चा गर्न चाहन्छु ।
१०. कथाका शीर्षकहरू कथामा देखापरेका पात्रहरू, कथाका विषयवस्तुहरू सबै हाम्रा आधुनिक, वर्तमान समाजको राम्रो चित्रण हो । कथा पढदै जाँदा कतिपयलाई आफ्नै कथा आफ्नै परिवेशमा घटित घटनाहरूजस्तो लाग्ने भएकाले यो कथासङग्रह ‘नुगः घाः’ किताब नेपाली साहित्य क्षेत्रमा एउटा अनुपम कृतिका रूपमा देखिन्छ ।
यसरी नै समालोचक श्री इन्द्र मालीको दृष्टिमा उहाँका कथाहरू अनुशीलन गर्दा कतैबाट आयातीत, नक्कल र कतैबाट प्रभावित भएको देखिदैन । आफ्नै समाजमा घटेका घटना, आफैले देखेका, अनुभव गरेका, आफू र आफ्नै वरपर घटेका घटनाहरू समाजको वर्तमान अवस्थाका दृश्यहरूलाई आत्मसात गरी कथा सृजना गर्ने आफ्नै पन छ भनेर छर्लङ्ग पार्नुभएको हुँदा मैले सोही कुरा दोह¥याइरहनु आवश्यक ठानिन । कथाकार पःमांज्यूको अन्य आफ्नै घतलाग्दा कथाहरू पढन पाउने आशा राख्दछु ।
(यो लेख डा. इन्दुल के.सी.को व्यक्तित्व र कृतित्वको तेस्रो आयाम किताबबाट साभार)
फाेटाेमा हेर्नुहाेस्...