बागीश्वरीमा एसईई उत्तीर्ण विद्यार्थीलाई बधाई तथा मार्गनिर्देशन
भक्तपुर । वागीश्वरी माध्यमिक विद्यालयबाट शैक्षिकवर्ष २०७७ मा एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुको सम्मानमा बुधबार एक समारोहबीचबधाई ज्ञापन तथा मार्गनिर्देशन कार्यक्रम भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा बागीश्वरी मा.वि.व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले उत्तीर्ण सबै विद्यार्थीहरुलाई मायाको चिनो वितरण गर्दै शिक्षकहरुबाट प्राप्त मार्ग निर्देशनलाई गुरुमन्त्रका रुपमा जीवनभर स्मरण गर्नुपर्ने बताउनुभयो । उहाँले यस विद्यालयबाट एसईई गरेका भाइबहिनीहरु जो जहाँ गए पनि शिक्षकप्रतिको सम्मान र आदरभाव नै विद्यालयको सम्पत्ति भएकोले व्यक्तिगत र शैक्षिक रुपमा गुणस्तरीय शिक्षा लिएर दक्षताहासिल गरी राम्रो चरित्र निर्माण गर्नुपर्ने बताउनुभयो । सिक्नका लागि विदेश जान सकिन्छ, तर विदेशमै बस्ने सोच त्याग्नुपर्ने बताउँदै उहाँले विदेश मोहकै कारण धेरै नेपाली विद्यार्थीहरु इराक र अफगानिस्तानमा पुगेकाले समस्यामा परेको स्पष्ट गर्नुभयो ।
कार्यक्रमका सभापति एवं प्रधानाध्यापक कृष्ण प्रसाद धन्छाले यस विद्यालयबाट एसईई पूरा गरेका सबै विद्यार्थीले वागीश्वरीको गौरवलाई कायमराखेको स्मरण गराउँदै कोही पनि विद्यार्थी सरकारी सेवामा लाग्न नसक्ने गरी चरित्रमादाग पर्ने कुनै क्रियाकलाप गर्न नहुने बताउनुभयो । यहाँकाविद्यार्थीले देश, समाजवागीश्वरी र भक्तपुरको गौरवलाई कायम गर्न उच्चशिक्षाकापढाइलाई पनि निरन्तरता दिनुपर्ने बताउनुभयो ।