भक्तपुर । शहीद स्मारक सी डिभिजन फुटवल प्रतियोगितामा भक्तपुर फुटवल क्लवले पनि प्रतिस्पर्धा गर्ने भएको छ । गोर्खा इको प्यानललगायतको सहयोग पाएपछि क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्न लागेको हो ।
शहीद स्मारक सी डिभिजन छनौट प्रतियोगिता २०७८ बारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रतिस्र्धालाई सफलतामा टुंगाउन भक्तपुर फुटवल क्लबलाई गोर्खा इको प्यानलसहित सिद्धि स्मृति महिला तथा वाल अस्पताल, डा इवामुरा मेमोरियल अस्पताललगायतले सहयोग गरिरहेको जनाइयो ।
क्लबले पहिलो गेम २२ गते युवा हस्तान्तर र दोश्रो गेम २६ गते दिव्यश्वरीसँंग भिडने भएको जनाएको छ ।
अखिल नेपाल फुटवल संघको आयोजनामा हुने प्रतियोगितामा देशभरिबाट ७९ टिमले प्रतिस्पर्धा गर्ने जनाइयो । साथै भक्तपुरबाट मात्रै ६ वटा टिमले प्रतिस्पर्धा गर्ने जनाइयो ।
प्रतियोगिताको तयारीस्वरुप खेलाडीहरुले दैनिक भक्तपुरको महेश्वरी खेल मैदानमा अभ्यास गरिरहेको क्लबका सल्लाहकार विनु श्रेष्ठले जनाए । गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर सुरेश कवांले जिल्लाको फुटवलको विकासका लागि गोर्खा इको प्यानलले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । सिद्धि स्मृति प्रतिष्ठानका अध्यक्ष श्याम धौभडेल, क्लबका अध्यक्ष राम प्रजापतिलगायले भक्तपुरको फुटवल विकास गर्नुपर्नेमा चर्चा गरे ।





...

All Comments.......


Please Login/Register To Comments