आजको अफगानिस्तान


भदौ ३, २०७८, बिहीबार | विहान ०८:२० बजे | 30


आजको अफगानिस्तान

सुनिल सापकोटा
अफगानिस्तान लाई बुझ्दा पहिले  मुसलमान र तालिबान लाई बुझ्नु पर्ने हुन्छ । अफगानिस्तानमा प्रायः पहिले देखि नै विदेशी शक्तिहरुको पूरा हस्तक्षेप छ  । बिदेशी शक्तिले त्यहाँको  साधन र संसाधनहरुमा पूरा फाइदा उठाए । त्यही बिदेशी शोषण र बाहिरी हस्तक्षेप लाई समाप्त गर्ने उदेश्यले तालिबानको जन्म भएको पाइन्छ ।
अफगानिस्तान एउटा मुश्लिम रास्ट्र भएकाले आफ्नो धर्म र संस्कृतिको रक्षाका लागि तालिबानीहरुले आफ्नो शक्ति बढाउन
पहिले बन्दुक , बम र अरु हातहतियारको साहरा लिए अनि उनिहरुको बिचार सङ असहमत हुनेहरु लाई धमाधम हत्या गर्न लागे ।
आज अवस्था यो छ कि एउटै मुश्लिम धर्म भएपनि दुई पक्ष बिच त्यहाँ भीषण द्वन्द छ । एउटा आधुनिकताको र अर्को धार्मिक कट्टरताको। अहिले अफगानिस्तानमा तालिबानको कब्जा पछाडि अमेरिका , चाइना र पाकिस्तान हात छ  । उनीहरु त्यहाँ अस्थिरता फैलाएर आफ्नो प्रभुत्व जमाउँदै त्यहाँको “ रिसोर्सेस “ हत्याउदै आफ्नो देशको व्यापार बढाउन चाहन्छन ।  बीस बर्ष देखि अमेरिकाले अफगानिस्तान लाई आफ्नो मातहतमा लिंदा  त्यो बेला त्यहाँ दैनिक २४ जानाको झडपमा हत्या भइ रहेको थियो। अहिले त्यहाँ बाट अमेरिकि फौज  फर्किंदा तालिबानले पुनः कब्जामा लिएको अवस्था छ ।
अब तालिबानले सत्ता कब्जा गरे पछी  मानव अधिकारको  पुर्ण उलंघन त्यहाँ हुनेछ र क्रुरता , कट्टरता र अराजकताको अवस्था सृजना हुनेछ भन्ने मलाई  लाग्छ । तालिबानीहरु अल्लाह र तिनका रसुल पैगवर मोहम्मद साहब , कुरआन शरिफ र हदिसमा जे भनिएको छ , त्यसैलाइ अंतिम सत्य मान्छन। अब त्यहाँ महिलाहरुको धेरै शोषण हुनेछ । उनिहरुले बुर्कामा बस्नु पर्नेछ।  मुश्लिम कट्टरवाद बर्चस्व हुनेछ। त्यहाँ लोकतन्त्र , मानवअधिकार  र समानताको कुरा हुने छैन ।
कुनैबेला अफगानिस्तान एउटा आधुनिक र प्रगतिशील देश थियो। बिदेशी चलखेलले गर्दा  त्यहाँका बहुसंख्यक लाई  यो महशुस गराइएको कि  तिनको“  मजहब“ खतरामा छ । जस्ले फलस्वरूप  बिस्तारै  धार्मिक मुश्लिम  कट्टरतावादले जरो गाडदै गयो । जस्को परिणाम आज अफगानिस्तान  तपाईं हामी सबैको सामु नै छ । त्यसैले  हामी  नेपालीहरुले पनि धार्मिक   अन्धतामा न लागि  बेलैमा सतर्कता अपनाउने कि ?  ८८

Comments