सहमति


2020-07-08 10:37:02

सहमति
डा.इन्दुल केसी
शब्द स्वयम सुन्दर । अति सुन्दर
कति राम्रो शब्द चयन–सहमति ।
को को पक्ष–विपक्षहरुको वीचमा
के के बुंदाहरुमा कस्तो सहमति–असहमति ।

प्रत्येक प्रभातले दिनको झल्को दिन्छ रे
नयाँ नेपालका–नयाँ पुराना पात्रहरुका सहमति–विमति
सहमति विमति सबै साउने झरी झै छिन छिनमा परिवर्तन ।

आफ्नै दल–गुटको स्वार्थ प्रधान
भागबण्डा काम केवल ह्याकुला खोज्ने प्रवृति
थिचोमिचोमा परेकाहरुको सुधारको छैन कुनै नीति
फलाना फलाना कुर्सी पाए सहमति
भनेका कुरा नपाउने भए असहमति ।

भोकानाङ्गा जनताको बारे ऐजेन्डा नै नास्ति
छैन दुर्मति कुमतिहरुको कुनै आपति विपति ।

लक्ष्मी भरेको व्रिफकेस खोल्ने कुटनीति
कुकर्म गर्ने कुटनीतिज्ञलाई राजदुतमा नियुक्ति ।

आफ्नो र आफन्तका लागि मात्र फोहरी राजनीति
शदीदका सपना पुरा गर्ने कसैको छैन नीति ?
स्वदेशी, विदेशी, पैसा, राष्ट्रिय ढुकुटी सोहर्नेहरु
धनमाल मान मर्यादाका मात्र पुजारी मती

धन्य धन्य गोमनसाँप र विच्छीहरुकाबीच
कुटनीति, अर्थनीति के के नीतिमा सहमति ?

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *