के आत्महत्या समस्याको समाधान हो ?


साउन ३१, २०७८, आइतबार | विहान ०१:५० बजे | 45


के आत्महत्या समस्याको समाधान हो ?

मनिषा गुभाजू
हाम्रो  देशमा आजभोलि धेरै समस्याहरू देखापरेको छन् । ती समस्याहरुको  समाधानका रुपमा मनिसहरूले आत्महत्यालार्इ लिने गरेका छन् । के आत्महत्या नै समस्या समाधानको उपाय  हो ? के आत्महत्याले समस्या समाधान गरेकोस छ ? यो सबैको चासोको बिषय बनेको छ । यसले देशमा आतंक फैलाएको छ । मनिसहरूले अहिले यसलाई समस्या समाधानको रूपमा लिएर कतिले अकालमा नै ज्यान गुमाइरहेका छन । यसले गर्दा कति मानिस समस्या समाधानतर्फ नलागेर  आत्माहत्यातर्फ लागेका छन् ।   
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको समाधान हुन नपाउदै  आत्महत्याले व्यापक रूप लिएको छ । कोभिडसँगसँगै आत्महत्याको केसहरू पनि दिनदिनै बढिरहैको छ । मानिसहरूमा अलिक कठिन समस्या आइपर्ने बितिकै त्यसको समाधानतर्फ नलागेर आत्महत्यातर्फ लागिरहेका छन् । यसले गर्दा कतिले अकालमा ज्यान गुमाइरहेका छन् । यस्तो समस्याहरू बिशेषगरी महिला वा केटीहरूमा देखापरेको तथ्य फेला पारेको छ । मानसम्मानमा ठेस लाग्दा यस्तो आपराधिक आम्महत्या अपनाउने गरेको छ । लकडाउन भएको मार्च महिनासम्ममा एक हजार ६ सय ४७ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

Comments