भाइरस ,वेक्टेरिया बनाम अन्य प्राणी जगत
साउन ३१, २०७८, आइतबार | विहान ०१:२१ बजे | 5
सुनील सापकोटा
कोरोना संग हामि मनुष्यले अझै केही बर्ष संगै लडेर बाँच्नु पर्ने बाध्यता देखिदैछ ।आज विभिन्न नाउँका कोभिडका भेक्सिन हरु आए पनि ती पूर्णरूपले कारगर छैन । न त्यति भरपर्दो छ । त्यसमाथी पनि अझ कोभिड – १९ “ डेल्टा प्लस “ भएर दिन प्रती दिन अझ बलियो र द्रुतगतिमा संक्रमीत गर्न सक्ने भएको बैज्ञानिकहरु भन्दैछन ।
मनुष्यले लाखौं बर्ष देखि यो धर्तिमा जीवाणु ( वेक्टेरिया ) र विषाणु ( भाइरस ) लाई परास्त गरेर आइ रहेको ईतिहास छ । मनुष्यका साथै पशु – पंक्षी , किट पतङ्, वनस्पति आदि सबै जीवधारीमा जीवाणु र विषाणुहरु हुन्छन् । जीवाणु भन्दा विषाणु धेरै सानो हुन्छ । सबै जीवाणुहरु मनुष्यको लागि खराव हुदैनन् । हामी जिवधारी सबै जीवाणु बाटै निर्मित भएका हौ अरे । अचेल बैज्ञानिकहरुले “ मिमी भाइरस “ भन्ने एउटा विषाणु जो अन्य जीवाणु भन्दा पनि ठुलो आकारको छ भन्दैछन । जीवाणु र विषाणु यो पृथ्वीमा को पहिलेको हो ? को पछीको हो? भन्ने कुरामा बैज्ञानिकहरुमा नै मत मतान्तर रहेको देखिन्छ ।
विषाणुमा जीवन हुँदैन। चेतना हुन्छ । कुनै रुख÷बिरुवाको बिउ झैँ सम्झिनु होस । बीउ लाई जिवन्त हुन वा उम्रन माटो , हावा र सूर्यको प्रकाश जसरी चाहिन्छ त्यसरी नै भाइरसहरु मा पनि जीवन हुन अरुको सेल (कोशिका) चाहिन्छ । अरुको कोशिका (सेल)मा प्रवेश गरे पछी मात्र यो जिवित हुन्छ । यस्को सेल ( कोश ) हुँदैन। यो कोश न भएको एजेरु “ प्यारा साइट “ हो , जो अरु जिवधारीहरुको कोशमा पुगेपछि मात्र त्यो जिवको प्रोटिन चुसेर जिवन्त हुन्छ र यस्ले आफ्नो संख्या बढाउछ । यौन कृया बाट न भइ आफ्नो स्वरुपको फोटो कपि गरेर । यस्को घर नै अरु जिवधारीहरुको कोश हो।
एकथरी शोधकर्ता बैज्ञानिकहरुको भनाइमा लाखौं वर्ष पहिले यी कतिपय विषाणुहरु पनि जिवधारीहरु (कोशवाला) संगै सूक्ष्म जीवाणुहरु जस्तै सहकार्य गरेर उनिहरुको कोश भित्र बस्थे अरे। पछी जङ्गलवासी भएका हुन् अरे। हिजोआज फेरि यी कोविड – १९ , सार्स – सी जस्ता असंख्य भाइरसहरु जो कैयौं बर्ष सुषुप्त अवस्थामा थिए ती विगत केहि वर्ष देखि यो दुनियाँमा पुनः आफ्नो अस्तित्वको खोजमा क्रमशः प्रकट हुँदैछन ।
डार्विनको “ सरभाइवल अफ दि फिटेस्ट “ सिद्धान्त अनुसार यो दुनियाँमा सबै एक कोशीय वा बहु कोशीय जिवाष्माहरु
आफ्नो अस्तित्व र सुखको खोजमा संधर्ष गरि रहेका छन। त्यसै अन्तर्गत आफ्नो अस्तित्व र खुशिको लागि आफ्नो सन्तानहरुको उत्पादन र वंश वृद्धि गरिरहेका छन। मनुष्यले पनि त आफ्नो अस्तित्व र खुशिको लागि पशु– पंक्षी र वनस्पतिहरुको के चाहिने भन्दा बढी दोहन गरिरहेका छैनन र ? त्यस्तै भाइसरहरु र बैक्टेरियाहरु पनि यो दुनियाँमा
आफ्नो अस्तित्वको लागि अरु सङ संघर्ष गरिरहेका हुन भन्ने मलाइ लाग्छ। हो... तपाईं हामीलाई कति वेक्टेरियाहरुले हानी गर्लान । ती हाम्रा शत्रु भए । कतिले वेक्टेरियाले फाइदा पनि त गरि रहेका छन । ती हाम्रा लागि मित्र भएनन र ? त्यस्तै हिजोआज कोभिड पनि आफ्नो अस्तित्वको खोजीमा छ र हामी र अन्य जिवाष्मा माथी आक्रमण गर्दैछ । यो प्राकृतिको कुरा हो। “ सरभाइवल अफ दि फिटेस्ट“ को बिषय हो। हेरौं कस्ले जित्ला ।