आदर्श आजादले ग¥यो बधाई तथा मार्ग निर्देशन कार्यक्रम


साउन ३०, २०७८, शनिबार | विहान ०३:१५ बजे | 5


आदर्श आजादले ग¥यो बधाई तथा मार्ग निर्देशन कार्यक्रम

भक्तपुर । आदर्श आजाद माध्यमिक विद्यालय भक्तपुर नगरपालका ५ मा एसईई २०७७ मा सफलता प्राप्त गरेका विद्यार्थीहरुलाई बधाई ज्ञापन तथा मार्ग निर्देशन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वराम कवांले मायाको चिनो प्रदान गर्नुभएको थियो ।


प्राचार्य श्रीकृष्ण किसीको सभापत्विमा सम्पन्न भएको उक्त कार्यक्रममा शिक्षक आशाकुमार चिकबञ्जारले मानविकी, प्रेमजन थापा श्रेष्ठले शिक्षाशाश्त्र र चक्रबहादुर चाकतूले व्यवस्थापन समूहको अवसर, चुनौती र क्षेत्रहरुकोबारेमा वोल्नुभएको थियो ।
[[img2]]
अतिथि विश्वराम कवांले बधाई ज्ञापन गर्दै भक्तपुर शिक्षाको गन्तव्यस्थल बन्दै गरेको चर्चा गर्नुभयो । त्यस अवसरमा उहाँंले देशलाई आत्मनिर्भर बनाउन योग्य, दक्ष, इमान्दार र कर्तव्यनिष्ठ जनशक्ति आवश्वक पर्ने बताउनुभयो ।

प्राचार्य श्रीकृष्ण किसीले सवै संकायहरु त्यति नै महत्वपूर्ण हुने हुँंदा विद्यार्थीले आफने रुचि, क्षमता अनुसार अगाडि वढन सल्लाह दिनुभयो ।  

फाेटाेमा हेर्नुहाेस्...

आदर्श आजादले ग¥यो बधाई तथा मार्ग निर्देशन कार्यक्रम

Comments